• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

  •  बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित

गुल्मी । रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले गुल्मी अस्पताल तम्घासमा गत दुई वर्षदेखि विशेषज्ञ चिकित्सकलाई मासिक रुपमा तलब बराबरको रकम प्रोत्साहन भत्ताबापत उपलब्ध गराउँदै आएको छ ।

दुर्गम तथा साना जिल्लामा चिकित्सकआउन रुचि नदेखाउने र सरुवा भई आइहाले पनि लामो समय नबस्ने भएकोले उक्त समस्या समाधानका लागि नगरपालिकाले उक्त प्रोत्साहनभत्ता उपलब्ध गराउन थालेको हो । यसअघि गुल्मी अस्पतालमा कार्यरत एक जना विशेषज्ञ चिकित्सकलाई मात्र प्रदान गरिएको प्रोत्साहन भत्ता कार्यक्रममा थप गरी यस वर्षदेखि थप ६ जना विशेषज्ञ चिकित्सकलाई उपलब्ध गराउन थालेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभएको छ ।

उहाँले विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय सेवा प्रदान गर्न र लामो समय जिल्लामा चिकित्सक टिकाइ राख्नका लागि सरकारले प्रदान गर्ने तलब सुविधा बराबरको रकम प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिका र गुल्मी अस्पतालसँग उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक कार्य सम्पादनका विषमा दुवै पक्षबीच सम्झौतासमेत भएको छ । नगरपालिकाले गुल्मी अस्पतालका आन्तरिक चिकित्सा विशेषज्ञ डा विभव बस्याल, आन्तारिक चिकित्सा विशेषज्ञ डा सुरेन्द्र क्षेत्री, बालरोग विशेषज्ञ डा प्रज्ञा शाक्य, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सोफिया थापा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रदीप शिवाकोटी र सामान्य तथा आकस्मिक चिकित्सा विशेषज्ञ डा अर्जुन केसीलाई उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएकोे हो ।

प्रोत्साहन भत्ताबापत नगरपालिकाले चिकित्सकका लागि वार्षिक रुपमा रु ४० लाख खर्चिने भएको छ । यस कार्यक्रमबाट गुल्मी अस्पतालको स्वास्थ्य सेवा थप गुणस्तरीय हुने र नागरिकहरुले सहज र सुलभरुपमा विशेषज्ञ सेवा लिनसक्ने बताइएको छ । विगतमा जिल्लामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामी उक्त सेवा लिनका लागि पाल्पा र बुटवलसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । अहिले सदरमुकाम तम्घासमै विशेषज्ञ सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।

नगरपािलकाले गुल्मी अस्पतालका लागि स्वास्थ्य सेवामा आम नागरिकको सहजरुपमा पहुँच वृद्धि गर्न ‘गुल्मी अस्पताल, हाम्रो अस्पताल’ भन्ने नाराका साथ अस्पतालको सेवा वृद्धिका लागि आवश्यक सहयोग गर्दै आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन प्रोत्साहन भत्तासहित, मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण, हाडजोर्नी विशेषज्ञ सेवामा सहजता, नगरभित्रका दम तथा निमोनियाका बिरामीको घरघरमा अक्सिजन कन्स्नट्रेटर मेसिन सहयोग, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र ग्रामीण अल्ट्रासाउण्ड लगायतका सेवाहरू सुचारु गरिरहेको छ ।

गुल्मी अस्पतालमा पछिल्लो समय बिरामीको चाँप बढ्दै गएको छ । अस्पतालमा दैनिक सरदर तीन सय बिरामीहरु उपचारका लागि आउने गर्दछन । रासस

बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.