• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

छत चुहिएको जीर्ण भवनमा आयुर्वेद औषधालय

  •  आइतबार, असोज १२, २०८२ मा प्रकाशित

झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानो जीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै कोठामा बसेर छ जना कर्मचारीले दिनभर सयौँ सेवाग्राहीलाई उपचार तथा परामर्श सेवा दिइरहेका हुन्छन् ।

“भवन जीर्ण भइसकेको छ, कुन बेला कस्तो जोखिम निम्तिने हो केही टुङ्गो छैन”, औषधालयका प्रमुख कविराज निरीक्षक राजेन्द्र पोखरेल भन्नुहुन्छ, “दुईतले यो भवन धेरै पुरानो भइसकेको छ । सबैभन्दा जोखिमको विषय भनेको भवनमा जाली कसेर बनाइएको पिलर नै छैन ।”

भवन जोखिमयुक्त भए तापनि औषधालयमा सेवाग्राहीको भने घुइँचो लाग्ने गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा औषधालयबाट तीन हजार ९३२ जना बहिरङ्ग विभाग (ओपिडी)का सहित आठ हजार १३२ जनाले उपचार सेवा लिएको पोखरेलले बताउनुभयो ।

उक्त अवधिमा पञ्चकर्म र पूर्वकर्म सेवा लिन एक हजार ८४५ जना, गाउँघर क्लिनिकमा सेवा लिन तीन सय ६९ जना र स्तनपायी आमा सेवा लिन तीन सय २० जना सेवाग्राही आएको तथ्याङ्कले देखाउँछ ।

औषधालयले बहिरङ्ग सेवा, औषधि वितरण, परामर्श सेवा, पञ्चकर्म सेवा, पूर्वकर्म सेवा, ज्येष्ठ नागरिक प्रवर्द्धन सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक जडीबुटी वितरण सेवा, थेराप्युटिक सेवा, प्याथोलोजी सेवा, मर्म थेरापी सेवा र स्वस्थ जीवन परामर्श सेवा दिँदै आएको छ ।

नगरको एकमात्र आयुर्वेद औषधालय भएकाले यसको स्तरोन्नति र सञ्चालनमा स्थानीय तहको भूमिका आवश्यक हुन्छ । औषधालयलाई नगरस्तरीय आयुर्वेद अस्पतालका रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट माग गरिएको र नयाँ भवनका लागि जग्गाको खोजी भइरहेको औषधालय प्रमुख पोखरेल बताउनुहुन्छ ।

“गत वर्ष छत टालटुल मर्मत गरेका छौँ, आधुनिक सुविधासम्पन्न नयाँ भवनको खाँचो छ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय र प्रदेश सरकारलाई निरन्तर आग्रह गरिरहेका छौँ ।” जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको र दुवै तहको सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

नयाँ भवनमा योग तथा ध्यान हल, फिजियोथेरापी, एक्युपञ्चर, एक्सरे, भिडियो एक्स रे, आधुनिक प्रयोगशालालगायतका सुविधा उपलब्ध हुनुपर्ने उहाँको माग छ । अहिलेको भवनमा सेवाग्राहीका लागि छुट्टै शौचालयको समेत सुविधा उपलब्ध छैन । रासस

आइतबार, असोज १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.