• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

म्याग्दीको बेनीमा निःशुल्क मुटुरोग शिविर सुरु

  •  शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

गलेश्वर,म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडाँैमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार तथा इशा फाउण्डेशनको सह–आयोजनामा गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका ढकालले मुटु शरीरको संवेदनशील अङ्ग भएकाले यसको सुरक्षा आवश्यक हुने बताउनुभयो । उहाँले सरकारले जटिल रोगका बिरामीको उपचार निःशुल्क गर्ने व्यवस्था गरे पनि रोगै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रम सञ्चालन नभएको बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम हुने भएकाले समय समयमा आफ्नो स्वास्थ्य अवस्थाको परीक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले सेभ द हार्टले देशव्यापीरूपमा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । म्याग्दीसहित २३ जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविरमा हालसम्म करिब ९६ हजार मुटुरोगीको परीक्षण गरिएको डा भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा हालसम्म करिब एक हजार ३०० बिरामीको ओपन हार्ट सर्जरी गरिएको छ भने बाँकी बिरामीले निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन् । शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटुको भिडियो एक्सरे, इसिजी गर्ने, निःशुल्क औषधि वितरण तथा आवश्यक परामर्श दिइने छ । शल्यक्रिया गर्नुपर्नेलाई काठमाडौँ बोलाएर बिरामीको अवस्था हेरी निःशुल्क शल्यक्रियासमेत गरिने डा भट्टराईले बताउनुभयो ।

शिविरमा मुटुरोगसम्बन्धी अनुभवी चिकित्सकको टिम खटिएकाले बिरामीका लागि शिविर लाभदायक हुने शिविरका संयोजक नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका उपाध्यक्षसमेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । हालैमात्र आफ्नो सानो छोराको मुटुसम्बन्धी रोगको डा भट्टराईकै टिमले सफल उपचार गरेकोमा धन्यवाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटु रोगीको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।

साथै उहाँले शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषसमेतको बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७१ मा स्थापना भएको कोषले हालसम्म २४९ बिरामीको उपचारमा सघाएको छ । रु एक करोड तीन लाखको अक्षयकोष रहेको कोषले आफ्नो ब्याज र अभियानबाट बिरामीको उपचार तथा विपतको समयमा हालसम्म रु दुई करोड ५३ लाख १९ हजार सहयोग गरेको गौतमले बताउनुभयो ।

सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीको मुटुसम्बन्धी जटिल समस्या देखिएकालाई काठमाडौँ लगेर उपचार गराइने बताउनुभएको छ । अति विपन्न परिवारका बिरामीलाई संस्थाको तर्फबाट आवश्यक आर्थिक सहयोगसहित उपचारको व्यवस्थापन गर्ने रानाको भनाइ छ ।

बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परीक्षणका लागि म्याग्दीलगायत छिमेकी जिल्लाबाट पनि सयौँको सङ्ख्यामा बिरामी आएका छन । अस्पतालभित्र पाँच वटा ओपिडी कक्ष तयार गरी बिरामी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । शुक्रबार बिहानैदेखि बिरामी लाइनमा बसेका छन । शिविरमा डा भट्टराईको नेतृत्वमा करिब ४० जनाको टोली उपचारमा संलग्न छ ।

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.