• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

  •  बुधबार, असोज १५, २०८२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ ।

डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ । महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेङ्गीको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको । कामनपामा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो सङ्क्रमण देखिएको थियो। सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामनपाले जनाएको छ ।

डेङ्गी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेङ्गीको समस्या देखिन थालेको हो । कामनपाभित्र सन् २०२२ मा दुई हजार नौ सय ७३ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेङ्गी सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ । आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्करुपमा सञ्चालनमा ल्याएको छ ।

बुधबार, असोज १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.