• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘हेड’ र ‘स्पाइनल इन्जुरी’को उपचार सेवाबाट बिरामी लाभान्वित

  •  शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

कर्णाली, टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामी यस अघि नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । यतिबेला त्यो बाध्यता भने विस्तारै हट्दो छ । एक वर्षयता यी दुवै रोगको उपचार कर्णालीमा हुन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको वचत भएको छ ।

वीरअस्पताल ट्रमा सेन्टरमा कार्यरत डा निलमकुमार खड्का प्रमुख कन्सल्ट्यान्टका रुपमा कर्णाली आएपछि विसं २०७८ वैशाख १५ गतेदेखि न्यूरो सर्जरी सेवा सुरु भयो । न्यूरो सर्जरी सेवाको एक वर्ष पुगेपछि प्रदेश अस्पतालले हालै पहिलो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा डा निर्मल रसाइलीले कर्णालीमा महिला तथा पुरुष गरी ५४४ ले बहिरङ्ग सेवा लिएको बताउनुभयो । जसमा महिला २९२ र पुरुष २५२ थिए । वार्ड केसमा महिला १६१ र पुरुष ७४ गरी २३५ ले सेवा लिएको उहाँले बताउनुभयो । यसमा सबैभन्दा बढी (३६.५%) २१ देखि ४० वर्ष उमेर समूह लाभान्वित भएका छन् ।

वरिष्ठ नर्सिङ अधिकृत प्रभा रावलले उमेर समूहका आधारमा एक वर्षमुनिका छ, १५ वर्षमुनिका १५, ३० वर्षसम्मका १२, ४५ वर्षसम्मका १६, ६० वर्षसम्मका १७, ७५ वर्षसम्मका १० र त्यसभन्दा माथि तीन जनाले टाउको तथा हड्डीको उपचार लिएको बताउनुभयो । ठूला खालका समस्यामा पनि कर्णालीमा समाधान हुन थालेपछि अहिले कर्णाली प्रदेश अस्पताल बिरामीको विश्वास र आकर्षणको केन्द्र बन्दै गएको उहाँको भनाइ थियो ।

डा खड्काले सबै क्षेत्रको सहयोगबाट न्यूरो सर्जरी विभागले यो सफलता पाएको बताउनुभयो । उहाँले ध्यान, ज्ञान र विज्ञानको संयोजनबाट मानिसलाई स्वस्थ जीवन जीउन सहयोग पुग्ने जनाउनुभयो । उहाँले मेडिकल अधिृकत, रेसिडेन्ट र कन्सल्ट्यान्टको जनशक्ति बढाउन मन्त्रालयसहित अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो ।

“हेड र स्पाइनल इन्जुरीको उपचार सेवा सुरु भएपछि कर्णाली प्रदेश अस्पतालबाट यससँग सम्बन्धित जटिल रोगका बिरामीले चैत १ गतेबाट रु एक लाख पाउछन्”, उहाँले भन्नुभयो, “यो उपलब्धि अस्पताल परिवारको सहयोगबाट भएको हो ।” डा खड्काले दैलेखमा हेड र स्पाइनल इन्जुरीको सचेतना जगाउने तथा जुम्लामा घुम्ती सेवा सञ्चालन गरिएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायका सचिव कृष्णप्रसाद काप्रीले न्यूरो सर्जन डा खड्काले अध्यात्म, योग ध्यानसँग जोडिएको उपचार सेवा थालनी गरेर कर्णालीको स्वास्थ्यमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले एक वर्षमा प्रदेश अस्पतालको उपचार सेवामा गुणस्तर वृद्धि हुँदै गएको जनाउनुभयो ।

“कर्णाली प्रदेश सरकारको एकमात्र अस्पताल प्रदेश अस्पताललाई उपकरण र जनशक्ति सम्पन्न बनाउनु प्रदेश सरकारको जिम्मेवारी हो”, सचिव काप्रीले भन्नुभयो, “प्रदेश सरकारले अब यहाँ एमआरई सेवा थप्न प्रयास गरिरहेको छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा डा डम्बर खड्काले कर्णालीमा थप दक्ष जनशक्ति ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मिर्गौला प्रत्यारोपण सेवाका लागि सम्झौता गरिसकेका छौँ । अब नेफ्रोलोजी सेवाको लागि पहल थाल्छौँ र कर्णालीवासीलाई राम्रो उपचार सेवा प्रदान गर्छौं ।” –––
Powered By Orson Info

शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.