• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लागुऔषध गिरोहसँग ’सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा

  •  शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग‘सशस्त्र द्वन्द्व’मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ। उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।

एएफपीले बिहीबार प्राप्त गरेको सो पत्रमा अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन वटा आक्रमणलाई कानूनी औचित्य दिनका लागि यो कदम चालिएको बताइएको छ । ती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावका बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चाल्दै क्यारिबियन सागर क्षेत्रमा ठूलो सङ्ख्यामा सैन्य जहाजहरू तैनाथ गरेको छ।

पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ,“राष्ट्रपतिले यी कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ, तिनीहरूलाई आतङ्कवादी सङ्गठनको दर्जामा राखिएको छ, र उनीहरूको गतिविधिहरू संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण भएको ठहर गरिएको छ ।” साथै, सो सूचनामा सन्दिग्ध तस्करहरूलाई ‘गैरकानूनी लडाकू’ का रूपमा वर्णन गरिएको छ।

हालै अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै लागुऔषधले भरिएका डुङ्गाहरूलाई लक्ष्य बनाएको आक्रमणबारे कानूनी विज्ञहरूले भने वासिङ्टनको कदम वैधानिकताको दृष्टिले विवादास्पद भएको टिप्पणी गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भन्नुभयो, “राष्ट्रपतिले हाम्रो मुलुकलाई हाम्रो किनारमा घातक विष ल्याउन खोज्नेहरूबाट जोगाउन सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्नुभएको छ । उहाँले कार्टेलहरूको सामना गर्ने वाचा पूरा गर्नुभएको छ र अमेरिकी नागरिकहरूको ज्यान सुरक्षित राख्ने दायित्व पूरा गरिरहनुभएको छ।”

यसैबीच ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सेप्टेम्बर १५ मा भएको आक्रमणपछि कंग्रेसलाई सो नोट पठाइएको जानकारी दिएका छन् । उनका अनुसार अमेरिकी सेना कुनै पनि आक्रमणमा संलग्न भएपछि त्यसबारे कंग्रेसलाई सूचित गर्नु कानूनी रूपमा अनिवार्य हुन्छ । अधिकारीले थप स्पष्ट पार्दै भने, “यसले कुनै नयाँ सूचना दिएको होइन, बरु कानूनी दायित्वअनुसार गरिएको कार्य मात्र हो।”

तर, यी घटनाले अमेरिकाको हवाई र नौसैनिक गतिविधिलाई लिएर क्षेत्रीय तनावलाई अझ बढाएको छ । भेनेजुएलाले बिहीबार आफ्नो तटबाट करिब ७५ किलोमिटर दूरीमा पाँच वटा अमेरिकी लडाकू विमान ‘अवैध रूपमा घुसपैठ गरेको’ दाबी गरेको छ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सार्वजनिक अभिव्यक्तिमा ती कथित उडानहरूलाई ‘उक्साहट’ तथा ‘राष्ट्रिय सुरक्षाका लागि प्रत्यक्ष खतरा’ भन्दै कडा शब्दमा निन्दा गर्नुभयो । साथै, सरकारी विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको र क्यारिबियन सागरमा नागरिक उड्डयनलाई समेत खतरामा पारेको आरोप लगाइएको छ।

यसअघि गत महिना, राष्ट्रपति ट्रम्पले अमेरिकी भूभाग पोर्टो रिकोमा १० वटा अत्याधुनिक एफ–३५ लडाकू विमान पठाउनुभएको थियो । यो तैनाथीलाई तीन दशकभन्दा लामो अवधिमा यस क्षेत्रमा गरिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनागीका रूपमा लिइएको छ। त्यसैगरी, क्यारिबियन हुँदै अमेरिकामा भइरहेको लागुऔषध तस्करी नियन्त्रण गर्ने उद्देश्यले आठवटा युद्धपोत र एउटा आणविक पनडुब्बी समेत पठाइएको थियो।

गत महिना मात्र भेनेजुएलाका दुईवटा सैन्य विमानले अमेरिकी नौसेनाको जहाजलाई आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले काराकासलाई चेतावनी दिँदै भन्नुभएको थियो, “यदि यस्तै घटना दोहोरिएमा भेनेजुएलाका लडाकू जेटहरूलाई गोली हानेर खसालिनेछ ।”यसैबीच, राष्ट्रपति मदुरोले भने ट्रम्प प्रशासनलाई भेनेजुएलामा शासन परिवर्तन गर्न गोप्य प्रयास गरिरहेको आरोप लगाउँदै अमेरिकी कदमलाई प्रत्यक्ष हस्तक्षेपको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।रासस

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.