• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड

  •  शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित

अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ पार्दै विज्ञहरूले शुक्रबार प्रकाशित प्रतिवेदनमार्फत आफ्ना सिफारिसहरू दोहो¥याएका हुन् ।

विश्वप्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनका लेखकहरूका अनुसार स्वस्थ आहार मुख्यतः बोटबिरुवामा आधारित हुनुपर्छ। यसमा पशुजन्य आहारलाई केवल मध्यम मात्रामा मात्र समावेश गरिनु पर्ने र चिनी, स्याचुरेटेड फ्याट तथा नुनको खपत यथासम्भव कम गर्नुपर्ने उल्लेख गरिएको छ।

यो प्रतिवेदनले सन् २०१९ मा प्रकाशित अध्ययनलाई आधार मानेको छ । त्यतिबेला सो अध्ययनले विश्वभर मासुको खपतलाई न्यूनतम बनाउनुपर्ने सुझाव दिएको थियो, तर उक्त अध्ययनले कृषि–खाद्य उद्योगका तर्फबाट निकै प्रतिरोधको सामना गर्नुपरेको थियो। धेरै उद्योगिक सङ्घहरूले उक्त सुझावलाई अतिरञ्जित, खतरनाक र स्थानीय परिकार तथा उपभोग संस्कृतिका लागि अनुपयुक्त भन्दै अस्वीकार गरेका थिए।

यद्यपि वैज्ञानिक समुदायले भने उक्त सिफारिसलाई सकारात्मक रूपमा लिएको थियो। यद्यपि आलोचकहरूले अध्ययनले पौष्टिक आहार लिनमा बाधा पु¥याउने विश्वभरको खाद्य पहुँचमा देखिने सामाजिक–आर्थिक असमानतालाई पर्याप्त सम्बोधन नगरेको बताएका थिए।

यसपटक आयोगले वातावरणमैत्री र स्वास्थ्यलाई सन्तुलनमा राख्ने आहारमा जोड दिएको छ । तथापि, प्रतिवेदनको सबैभन्दा धेरै प्रतीक्षित भाग अद्यावधिक गरिएको ‘ग्रह स्वास्थ्य आहार’ (प्लानेटरी हेल्थ डाइट) सम्बन्धी तथ्याङ्क थियो।

विज्ञहरूले नयाँ सिफारिस तयार गर्दा हालसालका सबैभन्दा विश्वसनीय र अद्यावधिक अनुसन्धानलाई आधार मानेको बताएका छन् । अन्ततः ती सिफारिसहरू सन् २०१९ का नतिजासँग धेरै फरक नभएको पनि उनीहरूको निष्कर्ष छ । ताजा प्रतिवेदनअनुसार गाई, भेडा र सुँगुरको मासुको खपत दैनिक १५ ग्राम (०.५ औंस) भन्दा बढी हुनु हुँदैन । सन् २०१९ मा यो सीमा १४ ग्राम तोकिएको थियो । यद्यपि यो सिफारिस झण्डै समान नै छ।

यसका अतिरिक्त व्यक्तिले दैनिक रूपमा करिब २०० ग्राम तरकारी, ३०० ग्राम फलफूल र २१० ग्राम अन्न खानुपर्ने सिफारिस गरिएको छ । दुग्धजन्य पदार्थको दैनिक खपत २५० ग्राम हुनु उपयुक्त देखाइएको छ भने माछा वा समुद्री खाना ३० ग्राम र कुखुराजस्तो सेतो मासु मध्यम मात्रामा ग्रहण गर्न सिफारिस गरिएको छ । यी तथ्याङ्कहरू पनि धेरै हदसम्म सन् २०१९ मा तय गरिएका मानकहरूसँग मेल खान्छन्।

शोधकर्ताहरूले प्रतिवेदनमार्फत यस्तो आहारको पालना स्वास्थ्य सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताएका छन् । यसले दीर्घकालीन रूपमा सबै कारणले हुने मृत्युदरमा उल्लेख्य कमी ल्याउनेछ र आहारसँग सम्बन्धित प्रमुख दीर्घकालीन रोगहरूको जोखिमलाई पनि न्यून पार्नेछ।रासस

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.