• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग

  •  शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित

त्रिशूली (नुवाकोट) । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछिपरेका परिवारलाई यहाँको विदुर नगरपालिकामार्फत स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । अहिलेसम्म स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो ।

‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’मार्फत आर्थिक रूपमा विपन्न, दलित र सीमान्तकृत समुदाय एवं सामाजिक रूपमा पछिपरेका परिवारको स्वास्थ्योपचार सुनिश्चितताका लागि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयहरूबाट छनोट र सिफारिस भएका छ सय ७२ परिवारमा आबद्ध दुई हजार ६०० भन्दा बढी नगरवासीलाई निःशुल्क बिमा कार्यक्रममा आबद्ध गराइएको छ ।

“आर्थिक रूपमा पछि परेका व्यक्तिको उपचारका लागि राज्यको दायित्वअन्तर्गत नगरमार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएकामा खर्चको दायरा धेरै देखिएपछि विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका हौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रारम्भिक चरणमा अतिविपन्न परिवारलाई आबद्ध गराएका छौँ । क्रमशः सम्पूर्ण नगरवासीलाई समावेश गर्ने लक्ष्य लिइएको छ ।”

नगरपालिकामार्फत बिमा गरेका परिवारलाई आगामी दिनमा पनि नगरपालिकाको लगानीमा निरन्तरता दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्योपचारलाई आर्थिक भार नभई अधिकारका रूपमा स्थापित गर्न सञ्चालनमा ल्याइएको उक्त कार्यक्रमलाई वार्षिक स्वीकृत नीति तथा कार्यक्रममा समावेश गरेर नगरवासीको उपचार सहज बनाउन जोड दिइएको छ ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रममार्फत सञ्चालनमा ल्याइएको अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएर सेवा लिन सुरु भएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि रु २२ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । रासस

शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.