• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड

  •  शनिबार, असोज २५, २०८२ मा प्रकाशित

महेन्द्रनगर (धनुषा) । प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ। महात्मागान्धीको जन्मजयन्तीका अवसरमा अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद् भारतद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको हो।

कार्यक्रममा वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले महात्मागान्धीको जीवनदर्शन, सत्य, अहिंसा र सिद्धान्तलाई स्मरण गर्दै गान्धीजी केवल भारतका लागि होइन, सम्पूर्ण विश्वका लागि प्रेरणाका स्रोतका रूपमा रहेका धारणा राख्नुभयो । उहाँले प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न गान्धीले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो।

मधेश प्रदेशसभाका सदस्य रामअशिष यादवले गान्धीजीलाई ‘विचारका महामानव’ भन्दै आजका युवाहरूले उहाँको जीवनबाट प्रेरणा लिएर समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद्का अध्यक्ष प्राडा शङ्करकुमार सन्यालले गान्धीजीले आफ्नो जीवनमा प्राकृतिक चिकित्सा पद्दति आत्मसात् गर्नुका साथै यसको प्रचारप्रसार पनि गर्नुभएको बताउनुभयो।

नेपाल–भारत मानव विकास तथा मैत्री सङ्घका अध्यक्ष सूर्य भुसालले गान्धीजीका विचारलाई नेपालको समृद्धि र सामाजिक परिवर्तनको मार्गदर्शकका रूपमा अङ्गालिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य, अहिंसा र आत्मनिर्भरताको मार्ग नेपाल–भारत सम्बन्धको गहिराइको आधार बन्दै गएको छ । मानव विकासको मूलमन्त्र भनेको नैतिक मूल्य र प्राकृतिक जीवनशैली हो ।” भुसालले नेपाल–भारतको सम्बन्ध सांस्कृतिक, आध्यात्मिक र जनस्तरमा आधारित गहिरो मित्रताका रूपमा भएको धारणा राख्नुभयो।

पार्वती विद्यापीठका अध्यक्ष प्राडा नरेन्द्रप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक केन्द्रका रूपमा वर्णन गर्दै गान्धीजीका विचार यहाँबाट सम्पूर्ण नेपालभर फैलाउन सकिने बताउनुभयो । भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक एकता रहेको बताउँदै उहाँले यसले चिकित्सा क्षेत्रमा सहकार्य झल्किनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा भारतका विभिन्न राज्यबाट दुई सय २० जना प्रतिनिधिको सहभागिता थियो । यस अवसरमा सांस्कृतिक प्रस्तुति, गान्धीजीका विचारमा आधारित प्रदर्शनी तथा प्राकृतिक चिकित्सासम्बन्धी व्याख्यान पनि आयोजित गरिएको थियो।

कार्यक्रममा डा आरएस डवास, डा प्रदीप टाकू, मोक्षिता साध्वीलगायतको उपस्थिति थियो । स्थानीय नागरिक, विद्यार्थी, चिकित्सक, समाजसेवी तथा विशिष्ट व्यक्तिको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ।रासस

शनिबार, असोज २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.