• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

टेनेसीको विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु

  •  आइतबार, असोज २६, २०८२ मा प्रकाशित

अमेरिकी राज्य टेनेसीस्थित एक विस्फोटक कारखानामा भएको भीषण विस्फोटमा १६ जनाको निधन भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन्। यसअघि बेपत्ता र मृत मानिएका दुई व्यक्तिलाई जीवित पाइएकोले मृतकको सङ्ख्या घटाइएको थियो।

शुक्रबार बक्सनोर्ट सहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको हो। कम्पनीले सैन्य प्रयोजनका साथै विध्वंसका लागि समेत प्रयोग गरिने विभिन्न प्रकारका विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ।विस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको विशाल परिसरमा रहेका भवनहरू पूर्णरूपमा ध्वस्त पारेको, माइलौँ टाढाका घरहरू हल्लिएको र भग्नावशेष हावामा उडिरहेको दृश्यहरू
देखेको जनाएका छन्।

“प्रारम्भिक रूपमा १८ जनाको मृत्यु भएको जानकारी दिइए पनि हामीले खोजीपछि पत्ता लगाएका दुई जना विस्फोटको समयमा कारखानामा उपस्थित नभएको पुष्टि गरेका छौँ”, हम्फ्रीज काउन्टीका शेरिफ क्रिस डेभिसले पत्रकारहरूलाई भन्नुभयो । उहाँका अनुसार ती व्यक्तिहरूका सवारीसाधन र व्यक्तिगत सामान भने घटनास्थलमै भेटिएका थिए, जसका कारण सुरुमा उनीहरू पनि पीडित भएको अनुमान गरिएको थियो। कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘एउटा गहिरो दुःखद दुर्घटना’ का रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेको छ।

तर,ब्युरो अफ अल्कोहल,टोबाको,फायरआम्र्स एन्ड एक्सप्लोसिभ्सका वरिष्ठ अधिकारी ब्राइस म्याक््र्यानले‘हामी अहिले पनि विस्फोटको वास्तविक कारण र उत्पत्तिबारे निश्चित नतिजामा पुग्न सकेका छैनौँ’ भन्दै अनुसन्धान अझै जारी रहेको जानकारी दिनुभयो। शेरिफ डेभिसले भन्नुभयो,“यो घटनामा कुनै आपराधिक गतिविधि संलग्न छ कि छैन भन्ने प्रश्नको उत्तर अहिले दिन सकिँदैन। यसबारे निष्कर्षमा पुग्न केही दिन,हप्ता वा महिना पनि लाग्न सक्छ।”

अधिकारीहरूले अत्यन्त सावधानीपूर्वक घटनास्थलको परीक्षण गरिरहेका छन्। बम निष्क्रिय विशेषज्ञहरूलाई पनि बारम्बार खतराको सम्भावना देखिँदा बोलाइने गरिएको शेरिफले बताउनुभयो।घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।रासस

आइतबार, असोज २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.