• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

देखतभूलीमा घरमै सुत्केरी हुने शून्य

  •  सोमबार, असोज २७, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे‘बर्थिङ सेन्टर’सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ। सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला‘बर्थिङ सेन्टर पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र‘शून्य होम डेलिभरी क्षेत्र’का रूपमा परिचित बन्दै गएको छ।

स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार बर्थिङ सेन्टरमा हरेक दिन चौबिसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। उहाँले भन्नुभयो,“दुर्गम र सीमावर्ती क्षेत्र भएकाले महिलालाई टाढा अस्पताल लैजान कठिन हुने हुँदा यहाँका गर्भवती महिलाले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन्।”
चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पालै–पालो खटाइने भएकाले चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने उहाँको भनाइ छ। लालझाडी गाउँपालिका मात्र नभइ शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका गर्भवती सुरक्षित सुत्केरी सेवाका लागि देखतभूली स्वास्थ्य चौकीमा आउने गरेका छन्। स्वास्थ्य चौकीको वार्षिक तथ्याङ्कअनुसार चालु आवको हालसम्म एक सय ३० भन्दा बढी महिलाले सुरक्षित प्रसूतिसेवा केन्द्रमार्फत लिएका छन्। मातृ तथा शिशु मृत्यु दर शून्य रहेको यस क्षेत्रमा घरमै सुत्केरी हुने कार्य पूर्णरूपमा अन्त्य भएको प्रमुख झाले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रसूति सेवा नियमित र गुणस्तरीय भएको कारण महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने प्रवृत्तिमा जोड दिइरहेका छन्। यसले सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा पनि सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।“घरमै सुत्केरी हुने चलन समाप्त हुनु सिङ्गो समुदायको स्वास्थ्य सचेतनाको उपलब्धि हो,”उहाँले भन्नुभयो,“महिला स्वास्थ्य स्वयंसेवीका,स्वास्थ्यकर्मी र वडाका भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुनेकार्य बन्द भएको छ,अब हाम्रो लक्ष्य सुरक्षित प्रसूतिसँगै मातृ स्वास्थ्यको थप सुदृढीकरण गर्ने हो।”

उहाँका अनुसार बर्थिङ सेन्टरमार्फत जन्मिने शिशुमध्ये बालिकाको सङ्ख्या बालकको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ। यसले महिलामाथिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि सङ्केत गर्छ। स्थानीय महिलाले सेवा पाउँदा राहत महसुस गरेको बताउँदै देखतभूलीका बन्तो रानाले भन्नुभयो “पहिले बर्थिङ सेन्टर नहुँदा धेरै जनाले जोखिम मोल्दै असुरक्षित तरिकाले घरमै सुत्केरी हुन्थ्ये,केही टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो,अहिले घर नजिकै सुरक्षित प्रसूति सेवा पाइन थालेपछि निकै सहज भएको छ।”

लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखतभूली स्वास्थ्य चौकी उदाहरणीय बनेको छ। मातृ तथा शिशु मृत्यु दर शून्य,घरमै सुत्केरी हुने प्रथा समाप्त र २४ घण्टे सेवा निरन्तर सञ्चालन हुनु यस क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ।

सोमबार, असोज २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.