• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

देखतभूलीमा घरमै सुत्केरी हुने शून्य

  •  सोमबार, असोज २७, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे‘बर्थिङ सेन्टर’सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ। सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला‘बर्थिङ सेन्टर पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र‘शून्य होम डेलिभरी क्षेत्र’का रूपमा परिचित बन्दै गएको छ।

स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार बर्थिङ सेन्टरमा हरेक दिन चौबिसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। उहाँले भन्नुभयो,“दुर्गम र सीमावर्ती क्षेत्र भएकाले महिलालाई टाढा अस्पताल लैजान कठिन हुने हुँदा यहाँका गर्भवती महिलाले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन्।”
चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पालै–पालो खटाइने भएकाले चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने उहाँको भनाइ छ। लालझाडी गाउँपालिका मात्र नभइ शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका गर्भवती सुरक्षित सुत्केरी सेवाका लागि देखतभूली स्वास्थ्य चौकीमा आउने गरेका छन्। स्वास्थ्य चौकीको वार्षिक तथ्याङ्कअनुसार चालु आवको हालसम्म एक सय ३० भन्दा बढी महिलाले सुरक्षित प्रसूतिसेवा केन्द्रमार्फत लिएका छन्। मातृ तथा शिशु मृत्यु दर शून्य रहेको यस क्षेत्रमा घरमै सुत्केरी हुने कार्य पूर्णरूपमा अन्त्य भएको प्रमुख झाले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रसूति सेवा नियमित र गुणस्तरीय भएको कारण महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने प्रवृत्तिमा जोड दिइरहेका छन्। यसले सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा पनि सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।“घरमै सुत्केरी हुने चलन समाप्त हुनु सिङ्गो समुदायको स्वास्थ्य सचेतनाको उपलब्धि हो,”उहाँले भन्नुभयो,“महिला स्वास्थ्य स्वयंसेवीका,स्वास्थ्यकर्मी र वडाका भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुनेकार्य बन्द भएको छ,अब हाम्रो लक्ष्य सुरक्षित प्रसूतिसँगै मातृ स्वास्थ्यको थप सुदृढीकरण गर्ने हो।”

उहाँका अनुसार बर्थिङ सेन्टरमार्फत जन्मिने शिशुमध्ये बालिकाको सङ्ख्या बालकको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ। यसले महिलामाथिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि सङ्केत गर्छ। स्थानीय महिलाले सेवा पाउँदा राहत महसुस गरेको बताउँदै देखतभूलीका बन्तो रानाले भन्नुभयो “पहिले बर्थिङ सेन्टर नहुँदा धेरै जनाले जोखिम मोल्दै असुरक्षित तरिकाले घरमै सुत्केरी हुन्थ्ये,केही टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो,अहिले घर नजिकै सुरक्षित प्रसूति सेवा पाइन थालेपछि निकै सहज भएको छ।”

लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखतभूली स्वास्थ्य चौकी उदाहरणीय बनेको छ। मातृ तथा शिशु मृत्यु दर शून्य,घरमै सुत्केरी हुने प्रथा समाप्त र २४ घण्टे सेवा निरन्तर सञ्चालन हुनु यस क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ।

सोमबार, असोज २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.