• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

  •  मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित

गलकोट । काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।

तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन अधुरै रहेको छ । अहिलेसम्म तङ्ग्राम स्वास्थ्यचौकीको आफ्नै भवन नहुनु दुःखद रहेको भन्दै स्थानीयको अगुवाइमा धाकखोलामा सात रोपनी जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन निर्माण अलपत्र जस्तै बनेको हो ।

गाउँपालिकाका अध्यक्ष राजु थापाको समन्वयमा रु सात लाख र तङ्ग्रामकै पूर्ववडाध्यक्ष केशव थापाको व्यक्तिगत रु तीन लाख गरी रु १० लाखमा जग्गा खरिद गरेर सङ्घीय सरकारको रु ३८ लाखमा भवन निर्माण थालिए पनि गत असारदेखि काम ठप्प छभने भवन अहिले अलपत्र जस्तै देखिएको छ ।

सङ्घीय सरकारको रु ३८ लाख लागतमा उपभोक्ता समितिमार्फत भवन निर्माण थाले पनि गत वर्ष चैतमा मात्रै गाउँपालिकासँग सम्झौता गर्दा पूरै बजेटसमेत खर्च गर्न नसक्दा समस्या भएको जग्गा व्यवस्थापक तथा पूर्ववडाध्यक्ष थापाले जानकारी दिनुभयो । स्वास्थ्यचौकी नबन्दा थापाले जनताको सेवाका लागि आफ्नो कार्यकालमा रु ३३ लाख खर्चेर निर्माण गरेको पाहुनाघरमा स्वास्थ्य चौकीको सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

विसं २०८१ चैत ३१ गते सम्झौता भएर असारमा काम सक्नुपर्ने भएकाले रु ३८ लाख बजेटमा जम्मा रु ३३ लाख ६५ हजार मात्रै खर्च भएको थापाले बताउनुभयो । “काठखोलामा आफ्नै स्वास्थ्यचौकी नभएको तङ्ग्राममा मात्रै हो, त्यसैले जसरी पनि स्वास्थ्यचौकी बनाउनुपर्छ भनेर लागियो, रु १० लाखमा सात रोपनी जग्गा मेरै अगुवाइमा व्यवस्थापन भयो, तर सङ्घीय सरकारले स्वास्थ्यचौकी निर्माणका लागि पठाएको बजेट गाउँपालिकाले ढिलो सम्झौता गर्दा सबै बजेट कार्यान्वयन भएन”, थापाले भन्नुभयो, “तङ्ग्राम ठूलो गाउँमा आफू वडाध्यक्ष हुँदा निर्माण गरेको पाहुना घरमा स्वास्थ्य चौकीको सेवा दिइरहेका छौँ, यसअघि सामुदायिक भवनमा थियो, गाउँपालिकाले समेत यस वर्ष बजेट विनियोजन नगर्दा स्वास्थ्यचौकी भवन अलपत्र प¥यो ।”

गाउँपालिकाले ठेक्कामा लैजाने भन्दै रोकेर गत चैत ३१ गते उपभोक्ता समितिलाई सम्झौता गर्दा रात दिन लगाएर तीन महिनामा एक तला पक्की र एक तला जस्ताले छाए पनि अन्य काम गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष दीपक परियारले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट बजेट व्यवस्थापन नभएकाले स्वास्थ्यचौकी भवन यस वर्षसमेत अधुरै हुने देखिएको छ । गाउँपालिका अध्यक्ष थापाले प्रदेश सरकार र सङ्घीय सरकारबाट बजेट आउने आशा भए पनि आउन नसक्दा काम अधुरै रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारमा अझै पहलकदमी भइरहेको र चालु आर्थिक वर्षमा बजेट नआउने देखिएमा गाउँपालिकाले हिउँदेसभाबाट भए पनि बजेट संशोधन गरेर स्वास्थ्यचौकीको भवन पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा चुनौती भएको तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीका प्रमुख गणेश शर्माले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा अहिले बर्थिङ सेन्टर र प्रयोगशालासमेत सञ्चालनमा छ । पाहुना घर सञ्चालनका लागि ल्याइएका लाखौँका सामग्रीसमेत अहिले प्रयोगविहीन भएका छन्।रासस

मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.