• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा

  •  शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित

काठमाडौँ ।‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६५१ हप्तामा प्रवेश गरेको छ ।

वाग्मती सफाइ महाअभियानले ६५० हप्ता पूरागरी ६५१ हप्ता प्रवेश गरेको अवसरमा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय परिसर गुह्येश्वरीमा प्रतिबद्धता कार्यक्रम गरियो । कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले नदीनालामा फोहर आउन रोक्न जागरण फैल्याउनुपर्ने बताउनुभयो ।

उहाँले राजधानीका सबै नदीलाई सफा गरिनुपर्नेमा जोड दिँदै जागरणले सबैलाई झक्झक्याउने बताउनुभयो । काठमाडौँलाई सुन्दर बनाउन आवश्यक काम गर्न गुरुयोजना निर्माण गर्न लागिएको मन्त्री घिसिङले जानकारी दिनुभयो । “राजधानीमा ढल व्यवस्थापन, पानी प्रशोधन केन्द्र आवश्यक जति सबै स्थानमा निर्माण गरिनेछ । नदी करिडोरमा के के गर्न सकिन्छ, यसलाई पनि योजना बनाएर काम गर्नेछौँ । यसैगरी काठमाडौँका सबै खोलालाई स्नान योग्य पानी बग्नेगरी व्यवस्थापन गरिनुपर्छ । बगैँचा निर्माणलगायत सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने सबै काम हुन्छ, यो मेरो प्रतिबद्धता हो”, उहाँले भन्नुभयो ।

मन्त्री घिसिङले वाग्मती सभ्यताको महत्त्वपूर्ण नदी भएकाले यसको सफाइमा सरकारले ध्यान दिने र काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमती, मनमतीलगायत सबैलाई स्नान योग्य बनाइने सुनाउनुभयो । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १३ वर्षदेखि स्वयंसेवी रूपमा वाग्मतीलगायत नदी सफाइ हुनु गौरवको विषय भएको बताउनुभयो । पशुपति क्षेत्रसम्मको वाग्मती नदीलाई यसैवर्ष ढल मुक्त गरिसक्ने उहाँको प्रतिबद्धता थियो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले वाग्मती नदीमा ढल व्यवस्थापन गर्ने कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिए पनि अधिकार कटौती गर्दा काम हुन नसकेको बताउनुभयो । मन्त्री र सचिवमा अधिकार निहित गरेर कार्यालयको नाम अधिकार सम्पन्न राखे पनि काम हुन नसकेको भन्दै उहाँले समितिको पुनसंरचना गर्नुपर्नेमा जोड सदनुभयो । गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नगर क्षेत्रको वाग्मती सफाइका लागि विभिन्न टोलसुधार समितिलाई जिम्मा दिइएको बताउनुभयो । कर्मचारी राखेर नै नदी क्षेत्रलाई व्यवस्थित गर्न लागिएको उहाँले सुनाउनुभयो ।

वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले राष्ट्रिय जागरणका लागि सफाइ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले देशभर जागरण ल्याउन महाअभियान सफल भए पनि तीनै तहका सरकारले आवश्यकताअनुसार ध्यान नदिँदा नदी सफा हुन नसकेको धारणा राख्नुभयो । देशभरका नदीनाला सफा हुने वातावरण बनाएर अभियानकर्मीलाई अन्य काममा लगाउनुपर्ने पूर्वमुख्यसचिव पौडेलको भनाइ थियो ।

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख प्रकाश अर्यालले वैशाखअगावै गोकर्णेश्वरबाट गौरीघाटसम्मको वाग्मतीलाई ढलमुक्त गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका नदी किनारका २८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरिएको पनि उहाँले दिनुभयो । आयोजना स्थापना भएदेखि हालसम्म रु २३ अर्ब बजेट खर्च भइसकेको अर्यालले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा प्रवेश गरेको अवसरमा आज गुह्येश्वरीबाट गौरीघाटसम्मको नदी किनारमा सफाइ गरिएको थियो । छठ पर्वमा यस क्षेत्रमा जम्मा भएका बाँकी फोहर आजको सफाइ कार्यक्रमबाट उठाइएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.