• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४४ मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ७ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा

  •  शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित

काठमाडौँ ।‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६५१ हप्तामा प्रवेश गरेको छ ।

वाग्मती सफाइ महाअभियानले ६५० हप्ता पूरागरी ६५१ हप्ता प्रवेश गरेको अवसरमा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय परिसर गुह्येश्वरीमा प्रतिबद्धता कार्यक्रम गरियो । कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले नदीनालामा फोहर आउन रोक्न जागरण फैल्याउनुपर्ने बताउनुभयो ।

उहाँले राजधानीका सबै नदीलाई सफा गरिनुपर्नेमा जोड दिँदै जागरणले सबैलाई झक्झक्याउने बताउनुभयो । काठमाडौँलाई सुन्दर बनाउन आवश्यक काम गर्न गुरुयोजना निर्माण गर्न लागिएको मन्त्री घिसिङले जानकारी दिनुभयो । “राजधानीमा ढल व्यवस्थापन, पानी प्रशोधन केन्द्र आवश्यक जति सबै स्थानमा निर्माण गरिनेछ । नदी करिडोरमा के के गर्न सकिन्छ, यसलाई पनि योजना बनाएर काम गर्नेछौँ । यसैगरी काठमाडौँका सबै खोलालाई स्नान योग्य पानी बग्नेगरी व्यवस्थापन गरिनुपर्छ । बगैँचा निर्माणलगायत सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने सबै काम हुन्छ, यो मेरो प्रतिबद्धता हो”, उहाँले भन्नुभयो ।

मन्त्री घिसिङले वाग्मती सभ्यताको महत्त्वपूर्ण नदी भएकाले यसको सफाइमा सरकारले ध्यान दिने र काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमती, मनमतीलगायत सबैलाई स्नान योग्य बनाइने सुनाउनुभयो । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १३ वर्षदेखि स्वयंसेवी रूपमा वाग्मतीलगायत नदी सफाइ हुनु गौरवको विषय भएको बताउनुभयो । पशुपति क्षेत्रसम्मको वाग्मती नदीलाई यसैवर्ष ढल मुक्त गरिसक्ने उहाँको प्रतिबद्धता थियो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले वाग्मती नदीमा ढल व्यवस्थापन गर्ने कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिए पनि अधिकार कटौती गर्दा काम हुन नसकेको बताउनुभयो । मन्त्री र सचिवमा अधिकार निहित गरेर कार्यालयको नाम अधिकार सम्पन्न राखे पनि काम हुन नसकेको भन्दै उहाँले समितिको पुनसंरचना गर्नुपर्नेमा जोड सदनुभयो । गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नगर क्षेत्रको वाग्मती सफाइका लागि विभिन्न टोलसुधार समितिलाई जिम्मा दिइएको बताउनुभयो । कर्मचारी राखेर नै नदी क्षेत्रलाई व्यवस्थित गर्न लागिएको उहाँले सुनाउनुभयो ।

वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले राष्ट्रिय जागरणका लागि सफाइ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले देशभर जागरण ल्याउन महाअभियान सफल भए पनि तीनै तहका सरकारले आवश्यकताअनुसार ध्यान नदिँदा नदी सफा हुन नसकेको धारणा राख्नुभयो । देशभरका नदीनाला सफा हुने वातावरण बनाएर अभियानकर्मीलाई अन्य काममा लगाउनुपर्ने पूर्वमुख्यसचिव पौडेलको भनाइ थियो ।

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख प्रकाश अर्यालले वैशाखअगावै गोकर्णेश्वरबाट गौरीघाटसम्मको वाग्मतीलाई ढलमुक्त गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका नदी किनारका २८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरिएको पनि उहाँले दिनुभयो । आयोजना स्थापना भएदेखि हालसम्म रु २३ अर्ब बजेट खर्च भइसकेको अर्यालले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा प्रवेश गरेको अवसरमा आज गुह्येश्वरीबाट गौरीघाटसम्मको नदी किनारमा सफाइ गरिएको थियो । छठ पर्वमा यस क्षेत्रमा जम्मा भएका बाँकी फोहर आजको सफाइ कार्यक्रमबाट उठाइएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.