जुम्ला । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन्।
बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो।
यसैबीच,चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित नेत्रज्योति सङ्घले जनाएको छ। गत आवमा पाँच हजार ७०० जनाले सेवा लिएका थिए।
