• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

  •  मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित

पाटन (ललितपुर) । स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम र बजेट तर्जुमामा हुने दोहोरोपना हटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कामहरुको समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा सहभागी अधिकांशले दोहोरोपनको समाधान गर्दै प्रविधिमैत्री सेवा र नागरिकलाई सहज सेवाका लागि तालिम प्राप्त जनशक्ति आवश्यक रहेकामा जोड दिएका हुन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले स्वास्थ्यसम्बन्धी योजना र कार्यक्रमहरु तय गर्दा स्थानीयको आवश्यकताअनुसार तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य र शिक्षालाई एकद्वार प्रणालीमार्फत सेवा दिने व्यवस्था हुनुपर्ने हो, अझै पनि धेरै नागरिकहरुले प्रभावकारी स्वास्थ सेवा पाउन सकेका छैनन्, यसमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले तीन तहको स्वास्थ्य सेवामा अलमल भइरहेको बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले बागमती प्रदेशले रु चार अर्ब ९० करोड स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी गराउँदै विश्व स्वास्थ्य सङ्गठनले निर्दिष्ट गरेको मापदण्डअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कुल वार्षिक बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बताउनुभयो ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा अर्जुन सापकोटाले स्वास्थ्य संस्थामा दुई बर्ष सेवा दिन सक्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले नागरिकलाई केन्द्रविन्दुमा राखेर प्रभावकारी सेवा सञ्चालन गरिएको उल्लेख गर्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयले गत आव २०८१/८२ मा सञ्चालन गरेको कार्यक्रमहरुमा ७८ दशमलव ८ प्रतिशत आर्थिक प्रगति र ९६ प्रतिशत भौतिक प्रगति रहेको जानकारी गराउँदै आन्तरिक लेखा परीक्षणमा बेरुजु शून्य रहेको उहाँले जानकारी गराउनुभयो । रासस

मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.