• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

  •  बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित

भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन ।

सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको विस्फोटमा आठ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । अनुसन्धानका क्रममा बुधबार अधिकारीहरूले विवादित काश्मीर क्षेत्रका विभिन्न भागबाट केही सन्दिग्धलाई पक्राउ गरेको जनाएका छन् । भारत सरकारले मङ्गलबारदेखि नै यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधि मानेर अनुसन्धान सुरु गरेको हो, जसअन्तर्गत अधिकारीहरूलाई व्यापक कानूनी अधिकार प्राप्त भएको छ ।

बुधबार राति मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावमा सो घटनालाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको जघन्य आतङ्ककारी कृत्य’ भनेर व्याख्या गरिएको छ । प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले देशलाई सम्बोधन गर्ने लालकिल्लालाई भारतीय गौरवको प्रतीक मानिन्छ । यदि यो योजनाबद्ध आक्रमणको रूपमा पुष्टि भयो भने सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक विस्फोट हुनेछ ।

– कश्मीरमा गिरफ्तारी र अनुसन्धान –

पुलवामा जिल्लामा मङ्गलबार राति सञ्चालन गरिएको छापामारीमा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । विस्फोटको केही घण्टाअघि काश्मीरमा कार्यरत सुरक्षा निकायहरूले नयाँदिल्ली बाहिर फरीदाबादमा रहेको एक सन्दिग्ध आतङ्कवादी सेल ध्वस्त गरेको घोषणा गरेका थिए । त्यस क्रममा दुई चिकित्सकसहित सात जनालाई पक्राउ गरिएको र ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार बरामद गरिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूले फरीदाबादको सो सेल र लालकिल्ला विस्फोटबीच सम्बन्ध हुन सक्ने आशङ्का प्रकट गरेका छन् । यद्यपि प्रहरीले आधिकारिक रूपमा कुनै पुष्टि गरेको छैन । प्रहरी अधिकारीहरूले नाम नखुलाउने सर्तमा बताएअनुसार श्रीनगर वरिपरि अक्टोबर १९ मा देखा परेका भारतविरोधी पोस्टरहरूको अनुसन्धानकै क्रममा सो सेलको सुराकी फेला परेको थियो । ती पोस्टरहरूले भारतीय सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए । सिसिटिभी फुटेजको सहायताले प्रारम्भिक तीन सन्दिग्ध पहिचान गरिएका थिए । त्यसपछिका दिनहरूमा दुई काश्मीरी चिकित्सक र अन्य केही व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । स्थानीय मिडियाले विस्फोट भएको कारको चालक पनि काश्मीरी भएको उल्लेख गरेका छन् ।

प्रहरीले फरीदाबादको मेडिकल कलेजमा अध्यापन गर्ने एक चिकित्सकले उक्त कार चलाइरहेका थिए कि थिएनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ । केही रिपोर्टअनुसार उनले विस्फोटबाट बच्न जानाजानी बम विस्फोट गराएका हुन सक्छन् वा दुर्घटनावश विस्फोटक पदार्थ ओसार्दा घटना घटेको हुन सक्छ । दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धान टोलीले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा यान्त्रिक त्रुटि — सबै कोणबाट अनुसन्धान भइरहेको’ बताउनुभयो ।

पुलवामाकी शगुफ्ता जान नामक महिलाले आफ्नो चिकित्सक दाजु गत शुक्रबारदेखि सम्पर्कविहीन रहेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । “उहाँले हामीलाई फोन गरेर घर आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उहाँले भन्नुभयो । प्रहरीहरूले सोमबार राति उनका परिवारका सदस्यहरूलाई पनि सोधपुछका लागि लगेको जनाइएको छ ।

– भारत–पाकिस्तान तनाव फेरि बढ्ने आशङ्का –

यस घटनाले पुनः भारत र पाकिस्तानबीच तनाव चुलिन सक्ने चिन्ता बढाएको छ । भारतले लामो समयदेखि पाकिस्तानमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी आक्रमणहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ । यस वर्ष अप्रिलमा काश्मीरमा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो हिन्दू तीर्थयात्रीहरू थिए । नयाँदिल्लीले त्यस घटनाको दोष पाकिस्तानमाथि थोपरेको थियो, जसले त्यसपछि दुवै देशबीच सैन्य झडपको अवस्था सिर्जना गरेको थियो ।

भारत र पाकिस्तान दुवैले काश्मीरको आंशिक प्रशासन गर्छन्, तर दुवै देशले सम्पूर्ण क्षेत्रमाथि दाबी गर्दछन् । सन् १९८९ देखि काश्मीरी विद्रोहीहरू भारतको नियन्त्रण विरुद्ध लडिरहेका छन् । भारतले यो सघर्षलाई पाकिस्तानद्वारा प्रायोजित आतङ्कवाद मानेको छ भने पाकिस्तानले यसलाई काश्मीरी जनताको स्वतन्त्रता सङ्घर्ष’ को रूपमा व्याख्या गर्छ ।

नयाँदिल्लीले विगतमा पनि ठूला आतङ्कवादी आक्रमणहरू भोगिसकेको छ । सन् १९९६ मा लाजपत नगर बजारमा भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने २००८ मा समन्वित विस्फोटहरूमा २० जनाको ज्यान गएको थियो । ती घटनाहरूमा पनि काश्मीरी उग्रवादी समूह र एक भारतीय इस्लामिक विद्यार्थी सङ्गठनमाथि संलग्नताको आरोप लगाइएको थियो ।नयाँदिल्लीको हालको कार विस्फोटले राजधानीको सुरक्षामा प्रश्न उठाएको मात्र नभई काश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने सङ्केत पनि देखिएको छ।रासस

बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.