• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह गर्दै पशुपति चौलागाईं स्मृति अस्पताल

  •  शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित

दोलखा । बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा विशेषज्ञ र डायलाइसिस सेवा सुरू भएसँगै उपकरण र स्रोतसाधनको माग भएको छ ।

दीर्घरोगीका लागि गत छ महिनादेखि नियमित डायलाइसिस सेवा सुरु गरेको सो अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग, साधारण शल्यचिकित्सा र दाँतको उपचारजस्ता छ विशेषज्ञ सेवा पनि सञ्चालन भएको छ । हाल अस्पतालमा सबै किसिमका बिरामीका लागि सुविधा मिल्ने अवस्था सृजना भएको छ । जिल्लावासी र जिल्लामा अस्थायी रूपमा बस्नेलाई उपचार पाउन विगतमा जस्तो जनकपुर, धुलिखेल वा काठमाडौँ धाउनुपर्ने अवस्था क्रमशः अन्त्य भएको छ । जिल्लाका स्थानीय तहमा विशेषज्ञ सेवा नभएकाले जिल्ला सदरमुकामको यो अस्पताल अब विशेषज्ञ सेवाका लागि भरपर्दाे विकल्प भएको छ ।

चरीकोट अस्पतालको नामबाट पनि चिनिने यस अस्पतालमा अहिले दुई सत्रमा स्वास्थ्य सेवा दिन १७ चिकित्सक खटिएका छन् भने डायलाइसिसलगायत जटिल रोगको उपचारका लागि पाँच नयाँ उपकरण ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले बताउनुभयो । “हाल अस्पताललाई भवनको अभाव छैन तर त्यहाँभित्र सोचेजसरी सेवा दिन लायक उपकरण र साधन उपलब्ध गराउन सकिएको छ”, डा पौडेलले भन्नुभयो । करिब १८ रोपनी क्षेत्रफलमा रहेको यस अस्पतालको आफ्नै चार भवनका ५८ कोठाबाट बिरामीलाई सेवा दिँदै आएको छ । सङ्घ र प्रदेशबाट गरी अस्पतालमा चालु आर्थिक वर्षका लागि रु चार करोड २० लाख बजेट विनियोजित छ ।

प्रदेश सरकारको गत आर्थिक वर्षमा प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य सेवाका सूचकहरू, कार्यक्षमता र प्रस्तुतीकरणका आधारमा ६२ दशमलव ६७ प्राप्ताङ्कसहित वागमतीका १३ प्रादेशिक अस्पतालमध्ये यो अस्पताल छैटौँ स्थानमा पर्न सफल भएको थियो । अस्पतालामा दरबन्दीमा ७० र करारमा गरी हाल १०० कर्मचारी कार्यरत छन् । यहाँ हाल जाडो समयमा दैनिक १०० र गर्मीको समयमा ५०० सम्म बिरामी सेवा लिन आउने गर्दछन् । सरकारी अस्पताल भएकाले तोकिएको सुलभ शुल्कका आधारामा न्यून आम्दानी हुने र स्वास्थ्य बिमावापतको रकम समयमा भुक्तानी नहुँदा चालु पुँजीमा समस्या रहेको डा पौडेलले बताउनुभयो ।

गत सातादेखि मात्रै यस अस्पतालको जिम्मेवारीमा आउनुभएका पौडेलका अनुसार स्वास्थ्य बिमावबापत अस्पतालले रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमाल स्रोतसाधनको खोजीका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताउनुहुन्छ । उहाँले यही मङ्सिर ४ गते १२ श्ययाको आकस्मिक सेवा प्रबन्ध गर्न रूपा फाउण्डेशनमार्फत आत्मकृष्ण श्रेष्ठसँग रु १० लाख बराबरको सहकार्यको सम्झौता भएको जानकारी दिनुभयो । “भवन र स्रोतसाधन जुटाउँदै गएका छौँ तर विशेषज्ञ चिकित्सकलाई लामो समयसम्म टिकाउन मुस्किल पर्छ”, अध्यक्ष रिमालले भन्नुभयो ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि स्वाभाविक रूपमा भौतिक पूर्वाधार र उपकरणको आवश्यकता बढ्ने भएको बताउनुभयो । आफूहरूले विशेषज्ञ सेवा र डायलाइसिस सेवा थपेकाले चुनौती पनि थपिएका बताउनुभयो । उहाँले दोलखाको अस्पतालको नयाँ भवनलाई ‘लिफ्ट’का लागि गत आर्थिक वर्षमा बजेट विनियोजन गरिएकामा ठेकेदारबाट समयमा काम नहुँदा बजेट फ्रिज भएपछि अहिले पुनःबजेट विनियोजनको प्रक्रिया सुरू भएको बताउँदै आवश्यक केही उपकरणको बोलपत्र हुने जानकारी दिनुभयो । उहाँले प्रदेशका सबै १३ अस्पतालले औषधि र उपकरण खरिद प्रक्रिया सुरु गरेका बताउनुभयो ।

विसं २०३१ मा ‘दोलखा हेल्थ सेन्टर’का नामबाट सञ्चालन हँुदै २०६६ देखि २०७२ सालसम्म प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रुपमा सञ्चालनमा रहेकोे थियो । यहाँ कोभिडको अवधिमा एमएसएफ बेल्जियम र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समजदारीमा शल्यक्रियासहितको आकस्मिक सेवा सञ्चालन भएकोे थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र न्याय हेल्थ नेपालबीच २०७२ माघ ५ गते चरीकोट अस्पताल सञ्चालन सम्बन्धमा भएको सम्झौताअनुसार सो प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० श्ययामा स्तरोन्नति गरिएको थियो ।

न्याय हेल्थले २०७७ कात्तिक १५ गते सहयोग नगर्ने घोषण गरेपछि केही महिना भीमेश्वर नगरपालिकाले व्यवस्थापन सम्हालेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०७७ मङ्सिर १८ गतेको निर्णयानुसार यस अस्पतालको व्यवस्थापन वागमती प्रदेश सरकारको मातहतमा आएको थियो । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले २०७८ फागुन ५ गते चरीकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पतालमा परिवर्तन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसांसद चौलागाईंको २०७८ वैशाख २८ गते कोभिडका कारण निधन भएको थियो । उहाँको स्मृतिलाई चिरस्थायी बनाउन उहाँको नामबाट अस्पतालको नामाकरण भएको हो।रासस

शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.