काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाउनुभएको छ ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उहाँले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गर्नुभएको हो । सो कार्यक्रममा मन्त्री गौतमले पूर्वमन्त्री पौडेलको पालामा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले गुणस्तर स्वास्थ्य, स्वास्थ्य बिमा र स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको बताउनुभयो ।
