• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

‘आमा सुरक्षा’ बन्द भएपछि प्रसूति गराउने बढे

  •  बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित

नेपालगञ्ज । बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप अत्यधिक बढ्दै गएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगञ्जमा रहेको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिनुभयो । उहाँले प्रसूति गराउने महिलाको चापले गर्दा कतिपय अवस्थामा भर्ना भएका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रसूतिका लागि शल्यक्रिया र औषधि, उपचार निःशुल्क हुने भएकाले अस्पतालप्रतिको भरोसा बढ्दै गएको बताउनुभयो । “सरकारी अस्पताल भुइँ मान्छेका लागि नै हो, उहाँहरू बाहिरको अस्पतालमा ठूलो रकम तिर्न सक्नुहुन्न त्यसैले पनि अस्पतालमा चाप बढेको छ”, उहाँले भन्नुभयो ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत शल्यक्रियादेखि अन्य सबै औषधि र उपचार निःशुल्क हुँदै आएकामा चालु आर्थिक वर्षबाट यहाँका दुई ठूला निजी अस्पतालमा सो कार्यक्रम बन्द हुँदा अधिकांशले प्रसूतिका लागि भेरी अस्पताललाई रोज्ने गरेका छन् । निजी अस्पतालमा प्रसूति सेवा निकै महँगो भएकाले अहिले अधिकांशले भेरी अस्पताल रोजेपछि शय्या र जनशक्ति अभावले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालमा सामान्य डेलिभरी दैनिक २० देखि २५ र शल्यक्रिया १२ वटा हुने गरेको मेसु डा सुवेदीले बताउनुभयो । उहाँले प्रसूतिका लागि आउने बिरामीको चापलाई ध्यानमा राखेर १८ वटा शय्या थप गरिएको तथा केही पोस्टअप बेड थप्दासमेत धान्न नसकेको बताउनुभयो । उहाँले तीन सय श्ययाको अस्पतालमा प्रसूतिका लागि ७५ वटा शय्या छुट्याइएको जनाउँदै हाल आएर त्योभन्दा दोब्बर बढी बिरामी आउने गरेकाले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

भेरी अस्पतालको प्रसूति सेवा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा उर्मिला पराजुलीले केही समययता भेरी अस्पतालमा प्रसूति गराउने धेरै बढी आउन थालेकाले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या अनुपातमा सामान्य बेड, पोस्टअप बेड र जनशक्ति निकै कम भएकाले त्यसतर्फ तत्काल ध्यान दिन आवश्यक रहेको बताउनुभयो । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालले निजीस्तरमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रम बन्द भएको थियो।रासस

बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.