• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्तारोन्नति

  •  बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित

गलकोट (बागलुङ) । लामो समयको प्रयासपछि बागलुङस्थित रक्तसञ्चार केन्द्रको प्रयोगशालामा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) उत्पादन गर्ने उपकरण भित्राइएको छ ।

धौलागिरि प्रादेशकि अस्पताल अगाडि रहेको रक्तसञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोग बिहीन भएका थिए । सोही कारणले बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

अगामी एक महिनाभित्र सेवा प्रदान गर्नेगरी सेतो रगत उत्पादन गर्ने उपकरण भित्राइएको जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उपकरण जडान गर्ने तथा ल्याब टेक्निसियनलाई दुई हप्ताको तालिम पश्चात् सेवा सञ्चालन गरिने छ ।

सेवा सञ्चालनमा आएपछि जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स÷प्लाज्मा बागलुङमा उत्पादन हुने जनाउँदै धौलागिरी प्रादेशिक अस्पतालबाट बाहिर रिफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

विशेषज्ञ सेवा प्रदान गर्ने तथा जटिल रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख डा किरण तिवारीले बताउनुभयो । यसअघि रक्तसञ्चार केन्द्रमा सेतो रगत नपाउँदा अस्पतालले जटिल समस्या देखिका, सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरासहित बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा शीघ्र उक्त समस्या समाधान हुने उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) जनशक्ति, जडान, पूर्वाधारका लागि आर्थिक अभावलगायत कारणले प्रयोगमा आउन सकेको थिएन ।

प्रदेश सरकारको रु १५ लाख, बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार लागतमा उपकरण खरिद भइसकेको छ ।

उपकरण आएपनि प्रयोगशाला निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार नगद सहयोग गरेपछि प्रयोगशाला बनाउन सुरु गरिएको छ ।

हालै बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति आचार्यलाई पूर्वाधार बनाउन रु १३ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम वातावरण अनुकूलित कोठा, जनशक्तिलाई तालिम तथा अन्य पूर्वाधार बनाउन खर्च गरिने आचार्यले जानकारी दिनुभयो ।

विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रियालगायत अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेतो रगत आवश्यक पर्ने धौलागिरी अस्पतालका प्रमुख डा तिवारीले जानकारी दिनुभयो । उहाँले सेतो रगत आवश्यक परी यहाँ उपचार सम्भव नहुने बिरामीलाई पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ । रासस

बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.