• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्तारोन्नति

  •  बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित

गलकोट (बागलुङ) । लामो समयको प्रयासपछि बागलुङस्थित रक्तसञ्चार केन्द्रको प्रयोगशालामा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) उत्पादन गर्ने उपकरण भित्राइएको छ ।

धौलागिरि प्रादेशकि अस्पताल अगाडि रहेको रक्तसञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोग बिहीन भएका थिए । सोही कारणले बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

अगामी एक महिनाभित्र सेवा प्रदान गर्नेगरी सेतो रगत उत्पादन गर्ने उपकरण भित्राइएको जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उपकरण जडान गर्ने तथा ल्याब टेक्निसियनलाई दुई हप्ताको तालिम पश्चात् सेवा सञ्चालन गरिने छ ।

सेवा सञ्चालनमा आएपछि जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स÷प्लाज्मा बागलुङमा उत्पादन हुने जनाउँदै धौलागिरी प्रादेशिक अस्पतालबाट बाहिर रिफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

विशेषज्ञ सेवा प्रदान गर्ने तथा जटिल रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख डा किरण तिवारीले बताउनुभयो । यसअघि रक्तसञ्चार केन्द्रमा सेतो रगत नपाउँदा अस्पतालले जटिल समस्या देखिका, सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरासहित बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा शीघ्र उक्त समस्या समाधान हुने उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) जनशक्ति, जडान, पूर्वाधारका लागि आर्थिक अभावलगायत कारणले प्रयोगमा आउन सकेको थिएन ।

प्रदेश सरकारको रु १५ लाख, बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार लागतमा उपकरण खरिद भइसकेको छ ।

उपकरण आएपनि प्रयोगशाला निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार नगद सहयोग गरेपछि प्रयोगशाला बनाउन सुरु गरिएको छ ।

हालै बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति आचार्यलाई पूर्वाधार बनाउन रु १३ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम वातावरण अनुकूलित कोठा, जनशक्तिलाई तालिम तथा अन्य पूर्वाधार बनाउन खर्च गरिने आचार्यले जानकारी दिनुभयो ।

विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रियालगायत अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेतो रगत आवश्यक पर्ने धौलागिरी अस्पतालका प्रमुख डा तिवारीले जानकारी दिनुभयो । उहाँले सेतो रगत आवश्यक परी यहाँ उपचार सम्भव नहुने बिरामीलाई पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ । रासस

बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.