पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटनामा परेको छ,जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्।
घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएको हो। उद्धार टोलीका अनुसार,११ जना यात्रु बोकेको गाडी खाल्डोमा खसेको थियो। गाडीमा केही विद्यालयका विद्यार्थीहरू समेत रहेका थिए।
उद्धार टोलीका अनुसार,स्थलमै तीन जनाको मृत्यु भएको थियो भने सात जनालाई अस्पतालमा पु¥याइएको थियो, जसमा दुई जनाको उपचारकै क्रममा मृत्यु भएको थियो। घाइतेमध्ये दुई जनालाई गम्भीर अवस्थामा रहेकाले आयुब स्वास्थ्य केन्द्रमा सारिएको छ। पाकिस्तानमा खराब सडक अवस्था र यातायात नियमको अवहेलनाका कारण सडक दुर्घटना हुने जोखिम बढी रहेको बताइएको छ।रासस
