बागमती । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुरलगायतका जिल्लामा रुघाखोकी,ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएको छ।
चिसो र शीतलहरका कारण रुघाखोकी,ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन्। हेटौँडास्थित हेटौँडा अस्पताल,चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जस्वास्थ्य कार्यालयले जनाएको छ।
दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धाहरु रुघाखोकी,ज्वरो,श्वासप्रश्वास,निमोनियालगायत प्रकोपबाट पीडित भएका छन्। पछिल्लो केही दिनयता बिरामीको चाप बढ्ेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो।
रुघाखोकी,ज्वरो,निमोनियालगायतका बिरामी दैनिक ५० देखि ६० जनासम्म अस्पताल आउने गरेको उहाँले बताउनुभयो। जिल्लाको मनहरि अस्पताल,भीमफेदी स्वास्थ्य केन्द्र,बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा रुघाखोकी,ज्वरो,निमोनियालगायत बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमु्ख किरण श्रेष्ठले जानकारी दिनुभयो।रासस
