• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

  •  आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित

भैरहवा । सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ। मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ। शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डा दीपेन्द्र यादवले उहाँलाई तत्काल शल्यक्रियाको सुझाव दिनुभयो।

मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि रु १० हजारदेखि रु १५ हजारको ठूलो खर्च हो,तर रोटरी क्लबले उपचार निःशुल्क गर्ने व्यवस्था गरेको थियो। तर साथियाले शल्यक्रिया गर्न मान्नुभएन। “श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैन्थ्यो तर अहिले घरमा कसैले टेर्दैनन्”साथियाले गुनासो गर्नुभयो। साथिया समस्या मोतियाबिन्दुको मात्र थिएन,न त पैसाको अभाव नै। उहाँको वास्तविक समस्या थियो शल्यक्रियापछिको हेरचाह र स्याहार दिने कोही नहुनुको एक्लोपन। यो मर्मस्पर्शी घटनाले देखाउँछ कि स्वास्थ्य सेवामा पहुँच पुर्याउनुमात्र पर्याप्त छैन,विशेषगरी एकल र वृद्धवृद्धाका लागि उपचारपछिको सामाजिक तथा भावनात्मक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ।

साथियाको समस्या त एउटा प्रतिनिधिमूलक घटनामात्र हो। आँखाकै भयावह समस्या लिएर बाँचिरहेका यस्ता धेरै बिरामी मर्चवारमा रहेका भेटिए। डा यादवका अनुसार मर्चवार क्षेत्रमा स्वास्थ्य समस्याको विकराल रूप देखिएको छ। शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीमा मोतियाबिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) समस्या पाइएको छ। शिविरमा ६ सय जनाभन्दा बढीले आँखा जाँच गराएका छन्। जसमा अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको छ।

सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल,लुम्बिनी नेत्रालयलगायत आधा दर्जन बढी सुविधासम्पन्न आँखा अस्पताल छन्। जहाँ बर्सेनि हजाराँै बिरामीले उपचार पाइरहेका छन्। तर सदरमुकाम नजिकै रहेको मर्चवारमा यत्रो मोतियाबिन्दुको समस्या हुँदा पनि सरोकारवालाको ध्यान पुग्नसकेको छैन । यसमा डा यादव मोतियाबिन्दुको उपचार खर्च रु १०–१५ हजार पर्ने र गाउँलेका लागि ठूलो रकम हुने हुँदा उनीहरू निःशुल्क शिविरको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । यससँगै दुर्गम क्षेत्र र खराब सडकका कारण गाउँका मानिस मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नु पनि एउटा कारण हो ।

डा यादवले मोतियाबिन्दु ५० देखि ६० वर्ष उमेर समूहमा बढी देखिएको र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अनिवार्य रहेको बताउनुभयो । महिलामा भने यो समस्या अलि बढी देखिएको छ । यस क्षेत्रमा मोतियाबिन्दुका बिरामी धेरै हुनुको मुख्य कारण उचित स्क्रिनिङको कमी रहेको डा यादवको भनाइ छ । “यो समस्या कम गर्न माथिल्लो तहबाट उचित स्क्रिनिङ हुनुपर्छ । सुरुमा चश्माले काम गर्न सक्ने भए पनि यसको स्थायी उपचार भनेको लेन्स प्रत्यारोपण गरी मोतियाबिन्दुलाई निको पार्नु नै हो ।”

लुम्बिनी नेत्रालयकै अर्का डा हीरा शाहका अनुसार लुम्बिनी प्रदेशमै मात्र ३० हजार बढी बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । अझ प्रदेशमा पनि रुपन्देही जिल्लाको लुम्बिनी र मर्चवार आसपासका क्षेत्रमा यो समस्या अझै भयावह देखिएका उहाँको भनाइ छ । उमेर बढ्दै जाँदा यो समस्या देखिने भएकाले मोतियाबिन्दुलाई निर्मूल पार्न गाह्रो भए पनि सचेतना र परीक्षणमार्फत यसको न्यूनीकरण गर्न सकिने शाहको दाबी छ ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले आफ्नो क्लबले १०औँ स्थापना दिवस पारेर यो कार्यक्रम गरेको बताउनुभयो । उहाँले आफू अध्यक्ष भएपछि नै यस क्षेत्रमा दुई सय ५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताउनुभयो । मर्चवार क्षेत्रलाई बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट ठाउँ भएकाले छनोट गरिएको उहाँको भनाइ छ । तर अहिलेको कार्यक्रम हेर्दा एउटै क्षेत्रबाटै दुई सय ५० भन्दा बढी व्यक्ति मोतियाबिन्दुको समस्याबाट पीडित देखिएका उहाँले बताउनुभयो ।

अध्यक्ष शर्माले यस समस्याको विकरालतालाई जोड दिँदै सरकारको पनि तत्काल ध्यान जान आवश्यक रहेको बताउनुभयो । रोटरी क्लबले पहिले पोलियो उन्मूलनलाई प्राथमिकता दिएकामा अब मोतियाबिन्दु निवारणलाई लक्षित गरेको उहाँले बताउनुभयो ।

“शिविरमा धेरै व्यक्तिको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो । मोतियाबिन्दुले पीडित र आर्थिक रूपमा कमजोर व्यक्तिका लागि यहाँ निःशुल्क सेवा उपलब्ध भएकाले धेरैले उपचार गराउने अवसर पाएका छन् । पहिले अज्ञानता वा टाढाका कारण उपचारबाट वञ्चित भएकालाई यो शिविरले ठूलो सहयोग पुर्याएको छ”, समाजसेवी रामगणेश पालले भन्नुभयो।रासस

आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.