नवलपुर । नवलपुको मध्यविन्दु नगरपालिका पनौतीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भरतपुरस्थित कार्डियो एण्ड डायविटिज सेन्टरको आयोजनामा एक दिने विशिष्टकृत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुधीर रेग्मीले जानकारी दिनु भयो।
सोही नगरपालिका वडा नं ४ मा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका पूर्ण सदस्यहरु भएको अवसरमा सहकारी कार्यालय परिसरमा शिबिर सञ्चालन गरिनुको साथै शिबिरमा स्वास्थ्य परिक्षण टिकट,ल्याब,ईको,ईसिजी,औषधि लगायतका सेवा निशुल्क बितरण गरिएको डा.कल्याण सापकोटाले बताउनु भयो ।
कार्डियो एण्ड डायविटिज सेन्टरमा किसान बचत तथा ऋण सहकारीका सदस्यहरुका लागि स्वास्थ्य उपचार सेवा सौलियत बारे सम्झौता समेत गरिएको छ।
शिबिरमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुधिर रेग्मी,वरिष्ठ,हर्मोन रोग विशेषज्ञ डा.कल्याण सापकोटा र डा.आविस्कार तिमल्सीना लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब २०० जनाको स्वास्थ्य परिक्षण गर्नु भएको हो।
