• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि १० वटा सिट थप

  •  सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

जुम्ला । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि १० वटा सिट थपेको छ ।

आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाईका लागि १० वटा सिट थप गरिएको हो ।

गत वर्ष २०७८ मङ्सिर २६ गते राष्ट्रपति विधादेवी भण्डारीले एक विशेष समारोहकाबीच एमबिबिएस लगायत बी–फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।

गत वर्ष एमबिबिएस अध्यापनका लागि २० सिटको अनुमति पाएको कर्णाली प्रतिष्ठानले यो वर्ष थप १० सिट सहित प्रतिष्ठानले ३० जना विद्यार्थीलाई जुम्लामै डाक्टर पढाउने प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अघिल्लो वर्षमा २० सिटको एमबिबिएसमा देशभरबाटै विद्यार्थी भर्ना लिने आयोगको निर्णयले कर्णालीका विद्यार्थी समेटिन सकेनन् । कर्णालीका लागि निश्चित कोटा छुटाउनु पर्ने माग यथावतै थियो । अहिले थप भएको १० सिटमा कर्णालीका छोराछोरीले डाक्टर पढ्न पाउने अपेक्षा छ ।”

फ्याकल्टी सङ्ख्या (प्राध्यापक), पूर्वाधार, अस्पतालको सेवा, बिरामीको चाप लगायत मापदण्डका आधारमा सिट निर्धारण गरिने व्यवस्था अनुसार जुम्लामा एमबिबिएसको १० सिट थपिएको उपकुलपति रावलको भनाई छ ।

कर्णाली प्रतिष्ठान स्थापनाले कर्णालीका बिरामीलाई महँगो खर्चमा जहाज चार्टड गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । तर चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि कर्णाली प्रतिष्ठानलाई ३० सिटको अनुमति दिँदा कर्णालीमै डाक्टरी पढाइको बाटो खुलेको हो ।

हाल प्रतिष्ठानले सञ्चालन गरेको शैक्षिक कार्यक्रममा बी फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । भने, एमबिबिएसका लागि थप गरिएको १० कोटाका विद्यार्थीको भर्ना प्रक्रिया शुरु गरिने छ ।

स्नातक तहमा ३०९ सिट थप

चिकित्सा शिक्षा आयोगले स्नातक तहमा थप ३ सय ९ सिट निर्धारण गरेको छ । जसमा एमबिबिएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ । कर्णाली प्रतिष्ठानमा १० सिट एमबिबिएस थपिएको हो ।

देवदह मेडिकल कलेजमा ४० सिट तोकिएको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित देवदह मेडिकल कलेजले अघिल्लो वर्ष एमबिबिएसमा विद्यार्थी अध्यापन गराउन एक सिट पनि पाएको थिएन ।

गतवर्ष आयोगले देवदहले मापदण्ड पूरा नगरेको भन्दै सिट कटौती गरेको थियो । शिक्षण संस्थाको सिट निर्धारण गरिएकाले शिक्षण शुल्क तोकेर म्याजिङ प्रक्रिया सुरु गर्ने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

आयोगले सबैभन्दा धेरै एमबिबिएसका लागि २१ शिक्षण संस्थामा १ हजार ८ सय ९५ सिट कायम गरेको छ । नर्सिङमा १ हजार ४ सय ६०, बीबीएचमा १ हजार ३ सय ५०, बीएनएसमा १ हजार १ सय ५०, बी फार्मेसीमा ८ सय ७० र बीबीएसमा ५ सय ६५ सिट कायम गरिएको आयोगका निमित्त सदस्य सचिव सेमन्तराज कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी, एडल्ट नर्सिङ, कम्युनिट नर्सिङ, क्रिटिकल केयर, एमएलटीलगायत स्नातक तहका विभिन्न २१ विषय क्षेत्रमा सिट निर्धारण गरिएको छ । यस पटक पनि आयोगले एमबिबिएसमा अधिकतम एक सय सिट निर्धारण गरेको छ । २१ मध्ये अधिकांश शिक्षण संस्थामा एक सय सिट तोकिएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५, कर्णालीमा ३०, जानकारी मेडिकल कलेजमा ५० देवदहमा ५० बाहेक अरू एमबिबिएस पढाइ हुने शिक्षण संस्थाले एक सय सिट पाएका छन् ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.