• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि १० वटा सिट थप

  •  सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

जुम्ला । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि १० वटा सिट थपेको छ ।

आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाईका लागि १० वटा सिट थप गरिएको हो ।

गत वर्ष २०७८ मङ्सिर २६ गते राष्ट्रपति विधादेवी भण्डारीले एक विशेष समारोहकाबीच एमबिबिएस लगायत बी–फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।

गत वर्ष एमबिबिएस अध्यापनका लागि २० सिटको अनुमति पाएको कर्णाली प्रतिष्ठानले यो वर्ष थप १० सिट सहित प्रतिष्ठानले ३० जना विद्यार्थीलाई जुम्लामै डाक्टर पढाउने प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अघिल्लो वर्षमा २० सिटको एमबिबिएसमा देशभरबाटै विद्यार्थी भर्ना लिने आयोगको निर्णयले कर्णालीका विद्यार्थी समेटिन सकेनन् । कर्णालीका लागि निश्चित कोटा छुटाउनु पर्ने माग यथावतै थियो । अहिले थप भएको १० सिटमा कर्णालीका छोराछोरीले डाक्टर पढ्न पाउने अपेक्षा छ ।”

फ्याकल्टी सङ्ख्या (प्राध्यापक), पूर्वाधार, अस्पतालको सेवा, बिरामीको चाप लगायत मापदण्डका आधारमा सिट निर्धारण गरिने व्यवस्था अनुसार जुम्लामा एमबिबिएसको १० सिट थपिएको उपकुलपति रावलको भनाई छ ।

कर्णाली प्रतिष्ठान स्थापनाले कर्णालीका बिरामीलाई महँगो खर्चमा जहाज चार्टड गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । तर चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि कर्णाली प्रतिष्ठानलाई ३० सिटको अनुमति दिँदा कर्णालीमै डाक्टरी पढाइको बाटो खुलेको हो ।

हाल प्रतिष्ठानले सञ्चालन गरेको शैक्षिक कार्यक्रममा बी फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । भने, एमबिबिएसका लागि थप गरिएको १० कोटाका विद्यार्थीको भर्ना प्रक्रिया शुरु गरिने छ ।

स्नातक तहमा ३०९ सिट थप

चिकित्सा शिक्षा आयोगले स्नातक तहमा थप ३ सय ९ सिट निर्धारण गरेको छ । जसमा एमबिबिएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ । कर्णाली प्रतिष्ठानमा १० सिट एमबिबिएस थपिएको हो ।

देवदह मेडिकल कलेजमा ४० सिट तोकिएको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित देवदह मेडिकल कलेजले अघिल्लो वर्ष एमबिबिएसमा विद्यार्थी अध्यापन गराउन एक सिट पनि पाएको थिएन ।

गतवर्ष आयोगले देवदहले मापदण्ड पूरा नगरेको भन्दै सिट कटौती गरेको थियो । शिक्षण संस्थाको सिट निर्धारण गरिएकाले शिक्षण शुल्क तोकेर म्याजिङ प्रक्रिया सुरु गर्ने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

आयोगले सबैभन्दा धेरै एमबिबिएसका लागि २१ शिक्षण संस्थामा १ हजार ८ सय ९५ सिट कायम गरेको छ । नर्सिङमा १ हजार ४ सय ६०, बीबीएचमा १ हजार ३ सय ५०, बीएनएसमा १ हजार १ सय ५०, बी फार्मेसीमा ८ सय ७० र बीबीएसमा ५ सय ६५ सिट कायम गरिएको आयोगका निमित्त सदस्य सचिव सेमन्तराज कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी, एडल्ट नर्सिङ, कम्युनिट नर्सिङ, क्रिटिकल केयर, एमएलटीलगायत स्नातक तहका विभिन्न २१ विषय क्षेत्रमा सिट निर्धारण गरिएको छ । यस पटक पनि आयोगले एमबिबिएसमा अधिकतम एक सय सिट निर्धारण गरेको छ । २१ मध्ये अधिकांश शिक्षण संस्थामा एक सय सिट तोकिएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५, कर्णालीमा ३०, जानकारी मेडिकल कलेजमा ५० देवदहमा ५० बाहेक अरू एमबिबिएस पढाइ हुने शिक्षण संस्थाले एक सय सिट पाएका छन् ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.