सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी शहरमा सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको ड्रोन आक्रमणले एक अस्पताललाई निशाना बनाएको छ। आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएको छ।
कालोगी प्रशासनिक एकाइका प्रमुख एस्साम अल–दिन अल–सैय्येदका अनुसार,आक्रमण बिहीबार तीन चरणमा भयो।“पहिलो पटक किंडरगार्टेन,दोस्रो पटक अस्पताल र तेस्रो पटक मानिसहरूले बच्चाहरूलाई उद्धार गर्ने प्रयास गर्दा हमला भयो,”उहाँले भन्नुभयो।
अप्रिल सन् २०२३ देखि द्वन्द्वमा हजारौँको मृत्यु भइसकेको छ भने करीव १२ लाख मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्र बालबालिका निकायका अनुसार,आक्रमणमा पाँचदेखि सात वर्ष उमेरका १० भन्दा बढी बच्चाहरूको मृत्यु भएको छ। रक्षामन्त्रालयले कुल मृत्यु सङ्ख्या ७९ तोकेको छ,जसमा ४३ बच्चाहरू छन्।
बालबालिका अधिकारका प्रतिनिधिले भन्नुभयो,“विद्यालयमा बच्चाहरूको हत्या हुनु बालअधिकारको भयानक उल्लंघन हो।” उहाँले सबै पक्षलाई आक्रमण रोक्न र मानवीय सहायता सुनिश्चित गर्न आग्रह गर्नुभयो। गत महिनामा ४० हजारभन्दा बढी मानिस यस क्षेत्रबाट विस्थापित भएका छन्। विश्लेषकका अनुसार,आक्रमणको उद्देश्य सेनाको मध्य सुडान वरिपरि अन्तिम सुरक्षा रेखा तोड्नु र राजधानी खार्तुमसहित प्रमुख शहरहरू पुनः कब्जा गर्नु हो।रासस
