• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

  •  शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित

कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ ।

दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीचको हिंसा उनीहरूको ८०० किलोमिटर (५०० माइल) सीमाको औपनिवेशिक युगको सीमाङ्कनलाई लिएर लामो समयदेखि चलिरहेको विवादबाट उत्पन्न भएको हो । दुबै पक्षका लगभग पाँच लाख मानिसहरू विस्थापित भएका छन् । द्वन्द्वमा कम्तीमा चार थाई सैनिकसहित २४ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

ट्रम्पले युद्धविराममा सहमति भएको भन्नुअघि दुवै पक्षले द्वन्द्व भड्काएको आरोप एक अर्कोमाथि लगाएका थिए । थाई प्रधानमन्त्री अनुतिन चर्नविराकुलले शुक्रबार टेलिफोन वार्ताका क्रममा ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताउनुभएको छ । अनुतिनले शनिबार सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा भनिएको छ, “दुई देशका नेताहरूले यस विषयमा ‘छलफल गरेका छैनन्’।” ट्रम्पले शुक्रबार अनुतिन र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको ‘धेरै राम्रो कुराकानी’ को प्रशंसा गर्नुभएको थियो ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा लेख्नुभएको छ, “उनीहरु आज साँझदेखि लागू हुने गरी सबै आक्रमण बन्द गर्न सहमत भएका छन् र जुलाईमा भएको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएका छन् । ” संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा पाँच दिनको हिंसापछि युद्धविरामको मध्यस्थता गरेका थिए । गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गर्नुभएको थियो तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो ।

थाइल्यान्डबाट विस्थापित कन्यापत साओप्रियाले आफू अब कम्बोडियालाई विश्वास नगरेको बताउनुभएको छ । “शान्ति प्रयासको अन्तिम चरणको प्रयास सफल भएन । यो पनि हुन्छ कि हुँदैन मलाई थाहा छैन,” ३९ वर्षीय सीले एएफपीसँग भन्नुभयो । सीमा पार गरेर आएकी एक कम्बोडियाली शरणार्थीले ट्रम्पको हस्तक्षेपका बाबजुद पनि लडाइँ नरोकिएकोमा आफू ‘दुःखी’ भएको बताउनुभयो । “म क्रूर कार्यबाट खुसी छैन,” ४३ वर्षीया भि रिनाले भन्नुभयो । – नागरिकहरूमाथि दोषारोपण – बैंकक र नोमपेनमा सर्वसाधारणमाथि आक्रमण भएको आरोप लगाइएको छ भने थाई सेनाले शनिबार कम्बोडियाली रकेट आक्रमणबाट छ जना घाइते भएको जनाएको छ ।

यसैबीच, कम्बोडियाका सूचना मन्त्री नेथ फेक्ट्राले भन्नुभयो, “थाई सेनाले आक्रमणलाई विस्तार गर्दै ‘नागरिक पूर्वाधार र कम्बोडियाली नागरिक’ लाई लक्षित गरेको छ । ” थाई नौसेनाका प्रवक्ताले द्वन्द्वग्रस्त क्षेत्रमा हतियार ओसारपसार गर्न प्रयोग गरिएका कम्बोडियाका दुईवटा पुललाई ध्वस्त पारेको बताएका छन् । थाइल्यान्डको बुरिरामस्थित एक शिविरमा कुरा गर्दै विस्थापित बासिन्दाहरूले सीमा नजिकै आफन्तहरूलाई फोन गरेको देखेका र उनीहरूले लडाइँ जारी रहेको बताएका स्थानीय सञ्चारकर्मीले बताए । थाइल्यान्डका प्रधानमन्त्रीले ‘आफ्नोे भूमि र जनतामाथि कुनै हानि र खतरा महसुस नगरेसम्म’ सैन्य कारवाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पसँगको टेलिफोनपछि अनुतिनले भन्नुभयो,“सम्झौताको उल्लङ्घन गर्नेले परिस्थितिलाई सुधार गर्न आवश्यक छ।”यसैबीच, कम्बोडियाका नेता हुन मानेटले आफ्नो देशले ‘विवाद समाधानका लागि सधैं शान्तिपूर्ण उपायहरूको पालना गर्दै आएको बताउनुभएको छ।रासस

शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.