• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

  •  शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित

कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ ।

दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीचको हिंसा उनीहरूको ८०० किलोमिटर (५०० माइल) सीमाको औपनिवेशिक युगको सीमाङ्कनलाई लिएर लामो समयदेखि चलिरहेको विवादबाट उत्पन्न भएको हो । दुबै पक्षका लगभग पाँच लाख मानिसहरू विस्थापित भएका छन् । द्वन्द्वमा कम्तीमा चार थाई सैनिकसहित २४ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

ट्रम्पले युद्धविराममा सहमति भएको भन्नुअघि दुवै पक्षले द्वन्द्व भड्काएको आरोप एक अर्कोमाथि लगाएका थिए । थाई प्रधानमन्त्री अनुतिन चर्नविराकुलले शुक्रबार टेलिफोन वार्ताका क्रममा ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताउनुभएको छ । अनुतिनले शनिबार सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा भनिएको छ, “दुई देशका नेताहरूले यस विषयमा ‘छलफल गरेका छैनन्’।” ट्रम्पले शुक्रबार अनुतिन र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको ‘धेरै राम्रो कुराकानी’ को प्रशंसा गर्नुभएको थियो ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा लेख्नुभएको छ, “उनीहरु आज साँझदेखि लागू हुने गरी सबै आक्रमण बन्द गर्न सहमत भएका छन् र जुलाईमा भएको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएका छन् । ” संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा पाँच दिनको हिंसापछि युद्धविरामको मध्यस्थता गरेका थिए । गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गर्नुभएको थियो तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो ।

थाइल्यान्डबाट विस्थापित कन्यापत साओप्रियाले आफू अब कम्बोडियालाई विश्वास नगरेको बताउनुभएको छ । “शान्ति प्रयासको अन्तिम चरणको प्रयास सफल भएन । यो पनि हुन्छ कि हुँदैन मलाई थाहा छैन,” ३९ वर्षीय सीले एएफपीसँग भन्नुभयो । सीमा पार गरेर आएकी एक कम्बोडियाली शरणार्थीले ट्रम्पको हस्तक्षेपका बाबजुद पनि लडाइँ नरोकिएकोमा आफू ‘दुःखी’ भएको बताउनुभयो । “म क्रूर कार्यबाट खुसी छैन,” ४३ वर्षीया भि रिनाले भन्नुभयो । – नागरिकहरूमाथि दोषारोपण – बैंकक र नोमपेनमा सर्वसाधारणमाथि आक्रमण भएको आरोप लगाइएको छ भने थाई सेनाले शनिबार कम्बोडियाली रकेट आक्रमणबाट छ जना घाइते भएको जनाएको छ ।

यसैबीच, कम्बोडियाका सूचना मन्त्री नेथ फेक्ट्राले भन्नुभयो, “थाई सेनाले आक्रमणलाई विस्तार गर्दै ‘नागरिक पूर्वाधार र कम्बोडियाली नागरिक’ लाई लक्षित गरेको छ । ” थाई नौसेनाका प्रवक्ताले द्वन्द्वग्रस्त क्षेत्रमा हतियार ओसारपसार गर्न प्रयोग गरिएका कम्बोडियाका दुईवटा पुललाई ध्वस्त पारेको बताएका छन् । थाइल्यान्डको बुरिरामस्थित एक शिविरमा कुरा गर्दै विस्थापित बासिन्दाहरूले सीमा नजिकै आफन्तहरूलाई फोन गरेको देखेका र उनीहरूले लडाइँ जारी रहेको बताएका स्थानीय सञ्चारकर्मीले बताए । थाइल्यान्डका प्रधानमन्त्रीले ‘आफ्नोे भूमि र जनतामाथि कुनै हानि र खतरा महसुस नगरेसम्म’ सैन्य कारवाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पसँगको टेलिफोनपछि अनुतिनले भन्नुभयो,“सम्झौताको उल्लङ्घन गर्नेले परिस्थितिलाई सुधार गर्न आवश्यक छ।”यसैबीच, कम्बोडियाका नेता हुन मानेटले आफ्नो देशले ‘विवाद समाधानका लागि सधैं शान्तिपूर्ण उपायहरूको पालना गर्दै आएको बताउनुभएको छ।रासस

शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.