• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति

  •  आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित

दमौली (तनहुँ) । सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ।

गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो।

डा बगालेले ५० शय्यामा स्तरोन्नति भएसँगै अस्पतालमा आठ विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विगतमा १५ शय्याको अस्पताल हुँदा विशेषज्ञ डाक्टरको परिकल्पना गरिएको थिएन, ५० शय्यामा स्तरोन्नति भएपछि विशेषज्ञ डाक्टरको दरबन्दी कायम भएको छ, त्यो कुनै न कुनै दिन परिपूर्ति हुनेछ।”

डा बगालेले गण्डकी प्रदेशमा १०० विशेषज्ञ चिकित्सक थप्ने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, “नर्सिङ स्टाफ पनि १०० भन्दाबढी दरबन्दी थपिएको छ, फार्मेसी र ल्याबको पनि दरबन्दी थपिएको छ।” सात–आठ वर्षदेखि हुन नसकेको निर्णय वर्तमान सरकारले गरेको भन्दै उहाँले थप्नुभयो, “पचास शय्यामा स्तरोन्नति भएको यो काम अब घट्ने कुरा भएन, पेचिलो काम थियो, तर हामीले टुङ्ग्याएका छौँ, पद दर्ताको काम अन्तिम चरणमा पुगिसकेको छ।”

जेठको अन्तिम ताका भएकाले यो वर्ष बजेट विनियोजन गर्न नसकिएको बताउँदै डा बगालेले भन्नुभयो, “चाँडै गर्न पाएको भए यसै वर्ष विज्ञापन खुलाएर नियुक्ति गर्ने प्रक्रिया अगाडि बढिसक्थ्यो।” गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन टुङ्गिएको भए केही न बजेट व्यवस्थापन गरेर निर्माणको प्रक्रियामा जानसक्ने उहाँले जानकारी दिनुभयो।

अस्पतालका नाममा थप जग्गा व्यवस्थापन हुन सकेका खण्डमा भवन निर्माण गर्न बजेट व्यवस्थापनका लागि सहज हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “कागजी हिसाबमा अस्पतालको जग्गा छैन, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय हुँदा विस्तृत परियोजना प्रतिवेदन भए पनि त्यो अपूर्ण भएकाले टुङ्गिएको छैन।” पृथ्वीराजमार्गमा रहेको र सेवाग्राहीको चाप बढी भएका कारण दमौली अस्पतालको स्तरोन्नतिको कामलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

विसं २०३४ मा स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो।

अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ। साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको अस्पताल प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । यहाँबाट प्रदान गरिने सेवालाई सहज बनाउन विभिन्न विशेषज्ञ चिकित्सक थप भएको अस्पतालका प्रमुख डा बरालले बताउनुभयो।

उहाँका अनुसार हाडजोर्नी तथा नशारोग विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, पेट, मुटु तथा छातीरोग विशेषज्ञ (फिजिसियन), बालरोग विशेषज्ञ थप गरिएको छ।

विशेषज्ञ सेवा लिनका लागि यसअघि पोखरा, भरतपुर, काठमाडाँै जानुपर्ने बाध्यता रहेकामा दमौली तथा आसपासका सर्वसाधारणले दमौली अस्पतालबाट उक्त सेवा लिनसक्ने बरालको भनाइ छ।

अस्पतालमा प्रत्येक मङ्गलबार र बिहीबार रेडियोलोजिष्ट सेवासमेत प्रदान भइरहेको छ। अस्पतालले आव २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको थियो। त्यस्तै, आव २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएका थिए । आव २०७९/८० मा अस्पतालले ७३ हजार २५३ लाई सेवा दिएको थियो। आव २०७८/७९ मा ६४ हजार ५९४ लाई सेवा दिएको थियो।रासस

आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.