• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बृहत्त स्वास्थ्य शिविर : सेवा लिने पुरुषको सङ्ख्या न्यून

  •  सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित

अत्तरिया (कैलाली) ।  कैलालीमा परिवार व्यवस्थापन सेवा अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन्। सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो।

जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिनुभयो।

परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन। शिविरमा स्थायी बन्ध्याकरण सेवा लिने महिलाको तुलनामा पुरुषको सङ्ख्या भने न्यून रहेको उहाँले बताउनुभयो।

कार्यालयले यही मङ्सिर ८ देखि २६ गतेसम्म जिल्लाका विभिन्न १० स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उहाँको भनाइ छ ।

स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले बताउनुभयो। “पुरुषले काम गर्न घरबाहिर जानुपर्छ, स्थायी बन्ध्याकरणपछि काम गर्न असहज हुन्छ भन्ने जनमानसमा भ्रम छ”, उहाँले भन्नुभयो, “स्थायी बन्ध्याकरणका लागि महिलालाई भन्दा पुरुषलाई सजिलो हुन्छ।

हामीले परामर्श पनि गर्ने गरेका छौँ। तर पनि स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या कम देखिन्छ ।” गत आव २०८१/८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ४२ जनाले सेवा लिएको जनाइएको छ। यसमध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार व्यवस्थापन सेवा अन्तर्गत विशेष गरेर बृहत्त स्वास्थ्य शिविर सञ्चालनमा सेवा प्रदायकसस्थाहरुसंग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति लिएको छ। यसबाट परिवार व्यवस्थापन सेवा थप प्रभावकारी भएको जनाइएको छ। मन्त्रालयले परिवार व्यवस्थापनको घरदैलो सेवा समेत उपलब्ध गराउँदै आएको छ।

जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्र मार्फत् आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै बन्ध्याकरण शिविर आयोजना गर्ने समझदारीको ढाँचामा सेवा प्रदान गर्न थालिएको छ।रासस

सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.