• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

विद्युतीय भुक्तानी प्रणाालीको सुविधा नहुँदा अस्पतालमा सेवाग्राहीलाई सास्ती

  •  सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित

देवदह (रूपन्देही) । विसं २०८२ कात्तिक २ गते राति ११ः३० बजे छोराको उपचारका लागि रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का नारायणप्रसाद कोइराला भैरहवास्थित भीम अस्पताल पुग्नुभयो।

खुट्टामा समस्या देखिएपछि १२ वर्षीय संयोगलाई लिएर उहाँ अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा पुग्नुभयो। कोइरालासँग भएको नगद ५० रूपैयाँले टिकट काउण्टरमा आकस्मिक पूर्जी काट्नुभयो।

इमर्जेन्सी कक्षमा रहनुभएका चिकित्सक/स्वास्थ्यकर्मीले संयोगको जाँच गरेपछि एक्सरे गर्नुपर्ने सुझाउनुभयो। तर कोइरालासँग छोराको खुट्टाको एक्सरे गराउन लाग्ने नगद पैसा थिएन। नगद नभएकै कारण उहाँ त्यसरात एक्सरे नगराइकन घर फर्कनुभयो।

अहिलेको समयमा नगद पैसा खासै बोकिँदैन, डिजिटल भुक्तानी (क्यूआर कोड) मार्फत एक्सरे गराउन लाग्ने रकम तिर्छु भने। तर अस्पतालमा विद्युतीय भुक्तानीको सुविधा रहेनछ। एक्सरे नगराइकन कोइराला दुई ट्याब्लेट औषधि किनेर घर फर्किएको बताउनुहुन्छ। अस्पताल परिसरमा रहेको साझा स्वास्थ्य सेवा (औषधि पसल) मा समेत क्यूआर कोडबाट रकम भुक्तानी गर्ने सुविधा नरहेपछि संयोगसँग खल्तीमा भएको नगद पाँच रूपैयाँले दुई ट्याब्लेट औषधि किनेर बुबाछोरा घर फर्किएको उहाँको सम्झना छ। “भीम अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दो छ।

यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार राम्रो पाएको छु, केही स्वास्थ्य समस्या परे यसै अस्पतालमा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “मैले भोग्नुपरेको समस्या कसैले पनि भोग्नु नपरोस्, अस्पताल प्रशासनले यसमा सुधार गरेर जान्छ भन्ने अपेक्षा गरेको छु।”

उहाँले विद्युतीय भुक्तानीको सुविधा भए सेवाग्राहीलाई सहजता प्रदान हुने बताउनुभयो। कोइरालाजस्ता धेरै बिरामीलाई डिजिटल भुक्तानीको सुविधा नहुँदा सास्ती खेप्नुपरेको छ। प्रविधिको युगमा अस्पतालमा पनि प्रविधिको विकास हुनुपर्ने सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले बताउनुभयो।

निजी स्वास्थ्य संस्थामा अनलाइनबाट काम हुने तर, सरकारी स्वास्थ्य संस्थामा किन हुन सक्दैन भन्दै उहाँले प्रश्न गर्नुभयो । होटल व्यवसायी महासङ्घ नेपालका उपमहासचिव राजेश महोत्राले अब अस्पताल पनि ‘क्यूआर कोड सिस्टम’मा जानुपर्ने बताउनुभयो। उहाँले अनलाइनबाटै टिकट बुकिङ र भुक्तानी गर्ने सुविधा प्रदान गर्नेतर्फ अस्पताल अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले अस्पतालमा ‘अनलाइन टिकेटिङ’ र क्यूआर कोड सुविधाबारे काम अगाडि बढाउने तयारी गर्दैगर्दा आफू जिम्मेवारीमुक्त भएको बताउनुभयो।

उहाँले अहिलेसम्म अस्पतालमा यो सुविधा हुन नसकेको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनुभयो। “अनलाइन टिकेटिङको सुविधा भयो भने सेवाग्राहीलाई टिकट काट्न लाइन बस्नुपर्दैन। अनलाइनबाटै पैसा तिरेर बिरामी उपचार गराउन आउनुहुन्छ, जसले गर्दा बीमा र जनरल ओपिडीमा भीड पनि कम हुन्छ”, भण्डारीले भन्नुभयो।

बिरामीको सुविधाका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनले यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। भीम अस्पतालले गत हप्ता आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेण्ट) डा वर्षा थापाले विद्युतीय भुक्तानी प्रणालीलाई मध्यकालीन योजनामा राखिने जानकारी दिनुभयो । “हामीकहाँ आइटीसम्बन्धी कर्मचारी नभएको हुनाले बाहिरबाट परामर्शमार्फत ल्याउनुपर्छ, त्यसैले यसलाई मध्यकालीन योजनामा राख्छौँ”, उहाँले भन्नुभयो।

अस्पताल विकास समितिका अध्यक्ष डा अनन्तकुमार शर्माले भीम अस्पतालले राम्रो सेवा दिइरहेका कारण यहाँ बिरामीको चाप बढ्दै गएको बताउनुभयो। उहाँले विद्युतीय भुक्तानी प्रणालीको सुविधा नभएका कारण सेवाग्राही मर्कामा परेको गुनासो आएको भन्दै सुनुवाइका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष शर्माले डिजिटल प्रणालीको सुविधा प्रदान गर्न लागिपरेको बताउनुभयो। सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको रूपन्देहीको पुरानो अस्पताल हो।रासस

सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.