• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

  •  आइतबार, पुष ०६, २०८२ मा प्रकाशित

अत्तरिया(कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ।

उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुआत गरेको हो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि विसं २०७९ साउनदेखि उहाँले वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गर्नुभएको हो।

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरेसँगै आर्थिक अवस्था कमजोर भएका नागरिक लाभान्वित भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १५ हजार २३ जनाले सेवा लिएका उक्त कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार सो अवधिमा ११ हजार १९४ महिला र तीन हजार ८२९ जना पुरुषले सेवा लिएका छन् । उहाँका अनुसार सो कार्यक्रमका लागि एकजना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिँदै आइएको छ।

स्रोतव्यक्ति बोहराले सो अवधिमा नौ हजार ३१० जनाले जलरल फिजिसियनबाट, एक हजार ५८० महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र चार हजार १३३ जनाले आँखा रोगसम्बन्धी सेवा लिएका छन्।

क्लिनिकमा नौ हजार ७७१ जनाले प्रयोगशाला सेवा, एक हजार ७७३ जनाले इसिजी सेवा, एक हजार ९०१ गर्भवतीले सेवा लिएकामा सात सय २२ जनाले अल्ट्रासाउण्ड सेवा लिएका भन्दै ७० वर्षभन्दामाथि तीन हजार ७३५ जनाले सेवा लिएका उहाँले जानकारी दिनुभयो।

विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन हुँदै आएको स्रोतव्यक्ति बोहराको भनाइ छ।

गत आर्थिक वर्षमा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० जना पुरुषले सेवा लिएका धनगढी उपमहानगरपालिकाले जनाएको छ । ‘आमा बचाउ’ अभियान उपमहानगरले ‘आमा बचाउ’ अभियानसमेत सञ्चालनमा ल्याएको छ। गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले उपमहानगरले ‘आमा बचाउ’ अभियान सञ्चालनमा ल्याएको हो।

आव वर्ष २०७९/८० को मङ्सिर महिनादेखि उपमहानगरले सञ्चालनमा ल्याएको सो अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै आएका छन्। सो अभियानबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय ३३ जना महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो।

उहाँले आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले चार वटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ।

अवस्थीले भन्नुभयो, “ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारीसाधन पाइँदैन । यसैलाई मध्यनजर गरेर यो अभियान सञ्चालन गरिएको हो।” गत आर्थिक वर्ष २०८१/८२ मा सो अभियान अन्तर्गत पाँच सय ८० जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएका उहाँले जानकारी दिनुभयो।रासस

आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.