• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पूर्व सम्राट अकिहितोको स्वास्थ्य स्थिर

  •  मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित

टोकियो । जापानका पूर्व सम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबीच, उहाँको ९२औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ।

यस वर्षको सुरुमा देखिएको स्वास्थ्य चिन्तापछि उहाँको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ। सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो। तर जुलाईदेखि नयाँ औषधि सुरु गरिएपछि उहाँको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उमेरका बाबजुद पनि उहाँ अझै सक्रिय जीवनशैलीमा रहनुभएको छ। विशेषगरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उहाँको रुचि कायमै रहेको छ। यस क्षेत्रमा उहाँले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसक्नुभएको छ।

एजेन्सीका अनुसार उहाँ हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जानुहुन्छ। सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गर्नुभएका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ।

जापानको युद्धकालीन इतिहासप्रति संवेदनशील दृष्टिकोण राख्नुभएका अकिहितोले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष बारम्बार युद्धका पीडित र कठिन समय भोगेका जीवित साक्षीहरूका लागि प्रार्थना गर्नुभएको थियो। उहाँले विगतका पीडालाई स्मरण गर्दै शान्तिको सन्देश दिनुभएको छ।

पूर्व सम्राट अकिहितो र महारानी एमेरिटा मिचिकोले ८० वर्षअघिको युद्धसँग सम्बन्धित चार प्रमुख मितिहरू—ओकिनावाको युद्धको अन्त्य, हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोट तथा जापानको आत्मसमर्पणको दिन—मा केहीबेर मौन धारण गर्नुभएको थियो। उहाँले आफ्ना पिता सम्राट हिरोहितोको नाममा लडिएको युद्धलाई कहिल्यै भुल्न नहुने धारणा पनि व्यक्त गर्नुभएको छ।

अगस्ट महिनामा अकिहितो र उहाँकी पत्नी मिचिको मध्य जापानको करुइजावा रिसोर्ट पुग्नुभएको थियो। यही स्थानमा युद्धका बेला उहाँ बालक अवस्थामै अस्थायी रूपमा बसाइँ सर्नु परेको थियो र पछि यहीँ दम्पतीबीच प्रेम सम्बन्ध सुरु भएको स्मरणीय इतिहास पनि जोडिएको छ।रासस

मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.