महोत्तरी । स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ।
नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले शिविरबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
आज वडा नं १ सिर्सियाबाट प्रारम्भ गरिएको शिविर क्रमशः सबै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ। शिविरमा योजनासम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलनलगायतका सेवा प्रदान गरिएको छ।रासस
