• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु

  •  मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित

भक्तपुर । बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान सुरु गरिएको छ । प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।

त्यस अवसरमा प्रमुखसचिव अधिकारीले प्रदेशभित्रका सबै अस्पताललाई जनसेवामैत्री, सुविधा सम्पन्न एवं उत्कृष्ट अस्पतालका रूपमा सेवा विस्तार गर्ने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । त्यस क्रममा भक्तपुर अस्पतालको सेवा, बिरामी र कर्मचारीसम्म छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

वीर अस्पतालपछिको दोस्रो पुरानो यस अस्पतालमा भर्ना भएर सेवा लिइरहेका बिरामीको श्ययामा पुगेर प्रमुख सचिव अधिकारी, स्वास्थ्य सचिव डा गौतमलगायतको टोलीले स्वास्थ्य सेवा, सेवा प्रवाहको अवस्था, व्यवस्थापन र गुनासोबारे जानकारी लिएको थियो । प्रमुखसचिव अधिकारीले भन्नुभयो, “भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषणा भएको र यहाँको सेवा प्रवाह राम्रो रहेको सुन्दै आएका हौँ, यहाँको सेवा पनि राम्रै रहेछ ।

यस अस्पतालले थोरै जनशक्ति र सेवा सुविधाबाट पनि बिरामीलाई गणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण पेस गरेको छ ।” स्वास्थ्य सचिव डा गौतमले उपचारका लागि आएका बिरामीलाई सेवाबाट सन्तुष्ट बनाएर घर पठाउने गरी सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग हुने बताउँदै उहाँले अस्पताललाई तीन सय श्ययामा विस्तार गर्न नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिनुभयो ।

अन्तरक्रियामा अस्पतालका मेडिकल डाइरेक्टर डा सुरेन्द्र भट्टले समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे जानकारी गराउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी, स्वास्थ्यकर्मीलगायत सबैले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

देशको दोस्रो पुरानो अस्पताल भएकाले यहाँ सेवा विस्तार तथा आवश्यक पूर्वाधारमा प्रदेशसँगै केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यस क्रममा अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन, भवन तथा पूर्वाधारको व्यवस्था, कर्मचारीको सेवासुविधामा वृद्धि, अस्पतालका लागि आवश्यक स्रोतसाधन तथा सुधारबारे कर्मचारीहरूले गुनासो तथा सुझाव व्यक्त गरेका थिए ।

प्रमुखसचिव अधिकारीले प्राप्त सुझाव तथा गुनसालाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतजा जनाउनुभयो।रासस

मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.