• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अपाङ्गतामैत्री संरचनाले अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज

  •  शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

सुर्खेत  ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ ।

बाह्र वर्षीय परियार सानैदेखि पढाइमा रुचि राख्नुहुन्थ्यो । हेमराजकी आमाले उहाँलाई विद्यालयसम्म छोड्नुहुन्छ । तर विद्यालयमा विगतमा अपाङ्गतामैत्री शौचालय नहुँदा हेमराजलाई समस्या हुने गरेको थियो । “विद्यालयमा शौचालय धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने पनि थिएन”, हेमराजकी आमा कौशिलाले भन्नुभयो”, “छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्विलचियरमै हिँडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो ।

अनि हामीले विद्यालय पठाउन छाड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरि विद्यालय पढ्न पठाउँछौँ ।” हेमराज अहिले कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । परिलक्षित संस्थाले रु सात लाखको लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराजजस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ । अहिले उक्त विद्यालयमा २४३ विद्यार्थी अध्ययनरत् छन् भने १६ अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्कबहादुर बुढा बताउनुहुन्छ । “हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो ।

हामीले अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा पनि सञ्चालनमा ल्यायौँ । आवासीय रुपमा श्रवण शक्ति नभएका बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाइ भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि सहज भएको छ,” उहाले भन्नुभयो । संस्थाले अपाङ्गता भएका बालबालिकाका लागि पोषणयुक्त खाना, लत्ताकपडाका लागि पनि सहयोग गरेको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

सरकारले उपलब्ध गराउने रकम अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको उहाँले बताउनुभयो । परिलक्षित संस्थाले सन् २०२२ देखि पोषणयुक्त खाजा एवं विभिन्न शैक्षिक सहयोग दिन थालेपछि स्रोत कक्षा सञ्चालन गरिरहेको छ । ‘फेल्म नेपाल’को सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत् अपाङ्गता भएका विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।

शिखर मावि रामघाट सुर्खेत, जनसेवा मावि घुर्सालगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसार अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाइ नरोकियोस्, भनेर हामीले विभिन्न स्रोत कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ।”रासस

शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.