• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अपाङ्गतामैत्री संरचनाले अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज

  •  शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

सुर्खेत  ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ ।

बाह्र वर्षीय परियार सानैदेखि पढाइमा रुचि राख्नुहुन्थ्यो । हेमराजकी आमाले उहाँलाई विद्यालयसम्म छोड्नुहुन्छ । तर विद्यालयमा विगतमा अपाङ्गतामैत्री शौचालय नहुँदा हेमराजलाई समस्या हुने गरेको थियो । “विद्यालयमा शौचालय धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने पनि थिएन”, हेमराजकी आमा कौशिलाले भन्नुभयो”, “छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्विलचियरमै हिँडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो ।

अनि हामीले विद्यालय पठाउन छाड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरि विद्यालय पढ्न पठाउँछौँ ।” हेमराज अहिले कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । परिलक्षित संस्थाले रु सात लाखको लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराजजस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ । अहिले उक्त विद्यालयमा २४३ विद्यार्थी अध्ययनरत् छन् भने १६ अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्कबहादुर बुढा बताउनुहुन्छ । “हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो ।

हामीले अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा पनि सञ्चालनमा ल्यायौँ । आवासीय रुपमा श्रवण शक्ति नभएका बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाइ भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि सहज भएको छ,” उहाले भन्नुभयो । संस्थाले अपाङ्गता भएका बालबालिकाका लागि पोषणयुक्त खाना, लत्ताकपडाका लागि पनि सहयोग गरेको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

सरकारले उपलब्ध गराउने रकम अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको उहाँले बताउनुभयो । परिलक्षित संस्थाले सन् २०२२ देखि पोषणयुक्त खाजा एवं विभिन्न शैक्षिक सहयोग दिन थालेपछि स्रोत कक्षा सञ्चालन गरिरहेको छ । ‘फेल्म नेपाल’को सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत् अपाङ्गता भएका विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।

शिखर मावि रामघाट सुर्खेत, जनसेवा मावि घुर्सालगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसार अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाइ नरोकियोस्, भनेर हामीले विभिन्न स्रोत कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ।”रासस

शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.