चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ मा वृद्ध–वृद्धाका लागि हेरचाह केन्द्र ‘आरोग्य केयर होम’ ले औपचारिक रूपमा सेवा सुरु गरेको छ।
वृद्ध आमाबुबा तथा ज्येष्ठ नागरिकलाई मेडिकल टिममार्फत स्वास्थ्य सेवा प्रदान गर्दै पारिवारिक वातावरणमा गुणस्तरीय सेवा तथा हेरचाह उपलब्ध गराउने उद्देश्यले आरोग्य केयर होम सञ्चालनमा ल्याइएको डा. बिज्ञान पौडेलले बताउनुभयो।
संस्थाले ‘करुणा, सहजता र हेरचाह एकै छानामुनि’ भन्ने नारासहित केयर होममा २४ सै घण्टा स्वास्थ्यकर्मीको हेरचाह, औषधि व्यवस्थापनसहित पोषणयुक्त खानपान, सरसफाइ, मनोरञ्जनात्मक गतिविधि तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइने संस्थाका अध्यक्ष तथा वरिष्ठ स्वास्थ्यकर्मी हिरामान महर्जनले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी टेकबहादुर थापाले ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गर्नुभएको थियो।
