• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

महिनावारीका नाममा हुने विभेद कायमै

  •  सोमबार, पुष १४, २०८२ मा प्रकाशित

बझाङ  ।  विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो । महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने बाध्यता हुँदा पनि जोशीले एसएलसी पास गर्नुभयो । जब जोशी सरकारी शिक्षिकका रुपमा गाउँकै विद्यालयमा जागिर सुरु गर्नुभयो, गाउँमा महिनावारीप्रतिको सोचमा परिवर्तन आउन थालेको हो।

जयपृथ्वी नगरपालिका–१० का स्थानीयले छोरीलाई पनि विद्यालय पठाउन थाले । जोशी त्यो बेलाको समय सम्झदै भन्नुहुन्छ, “हामीले स्थानीय तहमा मात्रै नभई जिल्लाभर नै महिनावारीलाई लिएर हुने तिरस्कारका विरुद्ध अभियान चलाएका थियौँ ।”जोशीसहितको टोलीले जिल्लाका हरेक समुदायसमक्ष पुगेर महिनावारीका विषयमा सकारात्मक अभियान चलाएको तीन दशक भइसकेको छ। यस अवधिमा सरकारले कैयौँ पटक सोसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन ग¥यो।

गाउँमा महिला, किशोर, किशोरी, बुहारी, सासूलगायत थुप्रै समूहमार्फत अभियान पनि चल्यो। तर,अझै पनि महिनावारी हुँदा अमानवीय व्यवहार खेपिरहनु परिरहेको छ। “महिनावारीका नाममा हुने विभेद निजी आवासमा, समुदायमा मात्रै होइन, सार्वजनिक ठाउँमा पनि भइरहन्छ,” खप्तडछान्ना गाउँपालिका–२ लामातोलाकी लक्ष्मी रावलले भन्नुभयो, “सार्वजनिकस्थलमै विभेद खेप्नुपरेका कैयौँ घटना छन् । विगतभन्दा तुलनामा केही सुधार देखिए पनि समस्या अझै पनि छ ।” बझाङको एक–दुई ठाउँमा मात्रै होइन, जिल्लाभर नै महिनावारीका नाममा विभेद हुने गरेको देखिन्छ ।

गाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नेहरू पनि विभेदको सिकार भएका छन् । “आफूले धेरै ठाउँमा मर्यादित महिनावारी हुनुपर्छ भनेर अभियान नै चलाइयो, तर हामीहरु नै पीडित भएका घटना छन्”, कांग्रेसकी नेत्री शान्ति बोहरा पुजाराले भन्नुभयो । महिनावारीका नाममा हुने विभेद हटाउन गाउँका गोठ भत्काए पनि मानसिक रूपमै चेतना विकास हुन नसकेको केदारस्यूँ गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीको बुझाइ छ । उहाँले भन्नुभयो, “महिनावारीको समयको विभेद भनेको गोठमा बस्नुपर्ने कुरालाई मात्रै बुझेका छन् । त्यो मात्रै होइन, यसका चरणहरू हर्ने हो भने पितृसत्तात्मक सोचबाट नै विकास भएको देखिन्छ ।” डेढ सय गोठ भत्काइए बझाङमा महिनावारी हुँदा बस्नका लागि बनाइएका गोठहरु भत्काइएका पनि छन्।

विसं २०७६ पुसदेखि फागुनसम्म अभियान नै चलाएर १४२ वटा गोठ भत्काइएको जिल्ला प्रशासन कार्यालय बझाङको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सबैभन्दा बढी जयपृथ्वी नगरपालिकाको नौरामा ३२ वटा गोठ भत्काइएका थिए । नगरपालिकाभर नै ७५ वटा भत्काएको थियो । सोही वर्ष पुस २१ गते मात्रै अदुकाली र सेलाखेतमा तीन÷तीन र धामीलेकमा १३ वटा गरी १९ वटा भत्काइएको थियो । “महिनावारी गोठ भत्काउने अभियान राष्ट्रव्यापी जस्तै थियो,” जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर नन्दबहादुर धामीले भन्नुभयो, “त्यो बेलामा हामी भत्काउँदै गयौँ । गाउँलेहरू फेरि बनाउँदै गए । दोस्रो वर्ष त भत्काएका संरचना अधिकांश संरचना पुनर्निर्माण भए ।” साइपाल गाउँपालिका–४ का वडाध्यक्ष जयसिं रोकायाका अनुसार पहिले सामूहिक रुपमा निर्माण भएका गोठ भत्काएपछि प्रत्येक घरमा गोठ निर्माण भएको बताउनुभयो ।

कतिपयले त राज्यले दिएको सामाजिक सुरक्षाभत्ताको रकम लगानी गरेर पनि महिनावारी गोठ निर्माण गरेको उहाँको अनुभव छ । तलकोट गाउँपालिकाकी शर्मिला विष्ट पहिलेको तुलनामा समाजिक मानसिकता केही फेरिए पनि विभेद भने अझै नहटेको बताउनुभयो । उहाँले भन्नुभयो, “उचित शिक्षा र चेतनाको कमीले दुर्गममा महिनावारी हुने व्यक्तिहरूको अवस्था पीडादायी हुने गरेको छ ।” अभियन्ता डा राधा पौडेलका अनुसार यो विभेद नेपालमा मात्रै नभएर अन्य देशमा पनि हुने गरेको छ । “ठाउँअनुसार विभेदका प्रकार पनि फरक छन्, कतिपय ठाउँमा पर्याप्त खाना नदिने र कतिपय ठाउँमा सहज बास नदिने समस्या छ”, उहाँले भन्नुभयो । महिनावारीलाई अशुद्धता र लाजसँग जोड्ने गलत सोचले बालविवाहलाई प्रोत्साहन गरेको उहाँको भनाइ छ । महिनावारीलाई मर्यादित बनाउन तल्लो तहसम्म पनि विभिन्न सङ्घसंस्था क्रियाशील छन् । लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आएको गरिमा परियोजनाले केही हदमा विभेदमा कमी आएको बताएको छ ।

बझाङको खप्तडछान्ना गाउँपालिकाका दुई वडा र बाजुराको खप्तडछेडेदह गाउँपालिकाका दुई वडामा पाँच वर्ष काम गर्दा महिनावारीका नाममा हुने विभेद केही हदसम्म कम भएको परियोजना संयोजक विक्रम जोशीले बताउनुभयो । उहाँले महिनावारी विभेदकै कारण जिल्लामा विभिन्न कुरीतिजन्य घटनाहरू पनि बढेको उल्लेख गर्नुभयो । बालविवाह, गर्भपतन, घरेलु हिंसाका विभिन्न घटना पनि महिनावारी विभेदबाटै सुरु भएको उहाँको भनाइ छ । विसं २०७८ को जनगणनाअनुसार बझाङमा १५ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरू पाँच प्रतिशत छन् । सुर्मा गाउँपालिकामा यो सङ्ख्या ८३ प्रतिशत छ । साथै साइपाल गाउँपालिकामा ७६ प्रतिशतले किशोरकिशोरीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेका छन्।रासस

सोमबार, पुष १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.