• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्यकर्मी अभाव हुँदा जिल्ला कारागार दार्चुलामा समस्या

  •  शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित

दार्चुला  । जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ। अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन्।

चिसो मौसमसँगै बिरामीको सङ्ख्या बढ्न थाले पनि स्वास्थ्यकर्मीको अभावले सामान्य स्वास्थ्य जाँच गर्न समेत समस्या भइरहेको जेलर सरिता चन्दले जानकारी दिनुभयो। सामान्य बिरामी देखिँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।

कारागारबाट करिब ५०० मिटर तल जिल्ला अस्पताल रहे पनि कार्यालयसँग सवारीसाधन नभएकाले सुरक्षाकर्मीको सहायतामा पैदलमार्फत अस्पताल लैजानुपर्ने अवस्था छ। “टाढा लैजानु नपरे पनि सामान्य जाँचका लागि पनि सुरक्षासहित अस्पताल जानु चुनौतीपूर्ण छ”, जेलर चन्दले भन्नुभयो। उहाँका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशमा पाइल्सको समस्या देखिएको छ।

व्यायामको अभावका कारण यस्तो समस्या बढेको हुनसक्ने उहाँको अनुमान छ। ‘घ’ श्रेणीको जिल्ला कारागारको क्षमता ४० जनाको रहेको जनाउँदै जेलर चन्दले हाल क्षमताभन्दा झण्डै दोब्बर बढी कैदीबन्दी राखिएको बताउनुभयो। उहाँका अनुसार २५ जना पुरुष र १५ जना महिलाको क्षमता रहेको कारागारमा हाल ७० जना कैदी र २१ जना थुनुवा गरी कूल ९१ जना राखिएका छन्। महिला कैदीबन्दी नभएकाले पुरुषलाई महिला वार्डमा राखिएको जनाउँदै महिला कैदीबन्दी आएपछि व्यवस्थापनमा समस्या आउने जेलर चन्दले बताउनुभयो।

“कारागारभित्र शौचालय र सुत्ने स्थानको अभाव छ। चिसो मौसममा कैदीबन्दी एकैठाउँमा सुत्छन्। गर्मी मौसममा थप कैदीबन्दी आए बास व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हुनेछ”, उहाँले भन्नुभयो। विसं २०३८ मा निर्माण भएको कारागारको भवन पनि जीर्ण बनेको जेलर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार कारागारमा हाल एक जना ज्येष्ठ नागरिक र दुई जना अपाङ्गता भएका कैदीबन्दी रहेका छन्।

स्वास्थ्यकर्मी अभाव हुँदा कैदीको स्वास्थ्य जाँचमा समस्या हुँदै आएको बताउँदै यी तीन जनाको स्वास्थ्य जाँच, हेरचाहमा थप समस्या हुने गरेको उहाँले उल्लेख गर्नुभयो।रासस

शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.