काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो । भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उहाँले जानकारी दिनुभयो । सात स्थानीय तहमा भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो ।
