• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रत्ननगर महोत्सवमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने

  •  सोमबार, पुष २१, २०८२ मा प्रकाशित

चितवन  ।  पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा यही पुस २५ गतेदेखि सुरु हुने रत्ननगर महोत्सवको १३ औँ संस्करणमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । रगत अभावको समस्या समाधान गर्न र रक्तदानसम्बन्धी जनचेतना फैलाउन ब्लड डोनर्स सोसाइटी रत्ननगर कमिटीले महोत्सव अवधिभर महोत्सव परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रम २६ पुसदेखि माघ ५ गतेसम्म टिकौली चौरमा सञ्चालन हुने कमिटीका संस्थापक अध्यक्ष रमेश नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रगत आफूलाई चाहिँदा मात्र होइन, अरुलाई पनि दिने बानीको विकास गर्नुपर्छ । यस कार्यक्रममार्फत चितवनका नागरिकलाई रगत दिन उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ ।” सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले रत्ननगर समितिले महोत्सवस्थलमा यस किसिमको रचनात्मक काम गर्न लागेकामा प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “युवाहरू नियमित रूपमा रक्तदान गर्न उत्प्रेरित हुनुपर्छ ।

हरेक तीन महिनामा रक्तदान गर्दा स्वास्थ्यमा पनि लाभ पुग्छ, तर युवाहरुमा जनचेतना जगाउन आवश्यक छ ।” उहाँले आगामी माघ १७ र १८ गते नवलपुरमा रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान महोत्सवको रूपमा मनाउँदै एक हजार आठ पिन्ट रगत सङ्कलन गर्ने उद्देश्य राखिएको बताउनुभयो । गत वर्ष भरतपुरमा आयोजित रक्तदान महोत्सवमा एक हजार ७०० पिन्ट रगत सङ्कलन गरिएको थियो । रक्तदान कार्यक्रमका लागि प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहनेछ भने महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाले सहकार्य गर्ने आयोजकले जनाएको छ ।

रत्ननगर महोत्सव विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदैआएको छ । यस १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका करिब ५०० स्टल रहने आयोजकले जनाएको छ।

सोमबार, पुष २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.