• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

  •  बिहिबार, पुष २४, २०८२ मा प्रकाशित

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन्। महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।

शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा चस्मा वितरण गरिएको थियो।

साथै मुटु रोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो। त्यसैगरी, विशेषज्ञ चिकित्सकहरूबाट सामान्य स्वास्थ्य परीक्षण, प्रसूति तथा स्त्री रोग, क्षयरोग पहिचानका लागि छातीको एक्स–रे, स्वास्थ्य शिक्षासम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो।

नसर्ने रोगको पहिचानका लागि रक्तचाप मापन, निःशुल्क परिवार नियोजन सेवा, पाठेघर खस्ने समस्या जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको सम्भावना भएका महिलाको परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण सेवा पनि उपलब्ध गराइएको प्रमुख विष्टले बताउनुभयो।

शिविरमा दाँत परीक्षण १६८ जनाले र आँखा परीक्षण ३०० जनाले गराएका थिए । यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्वास्थ्य सेवा लिन भकुण्डे, धुलिखेल वा बनेपा पुग्नुपर्ने अवस्था अन्त्य गर्न गाउँमै सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा अस्पताल नभएको अवस्थामा अस्पतालकै सेवा दिने उद्देश्यले वर्षमा एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यस वर्ष घर्तिछापमा आयोजना गरिएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि हाल अस्पताल भवन निर्माणको काम भइरहेको र आगामी दिनमा गाउँमै अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित पालिका अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपतीले विद्यालयमा अध्ययनरत बालबालिका तथा वयस्क नागरिकका लागि परिवार नियोजन, स्त्री रोग तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ सेवा प्रदान गरिएको बताउनुभयो।

शिविरमा मेथिनकोट अस्पताल नौविसे भकुण्डे, शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, सिन्धुली अस्पताल सिन्धुली, ख्वप अस्पताल भक्तपुर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञहरुले सेवा प्रदान गरेका थिए।रासस

बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.