• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

  •  सोमबार, पुष २८, २०८२ मा प्रकाशित

बेलायत ।  “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु ।

मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।” समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गर्नुभएको छ । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बन्नुभएको छ । आफ्नो आरोहण अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो ।

तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।” बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताउनुभयो । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताउनुभयो । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उहाँको बुझाइ छ ।

यो एक अद्भुत अनुभूति हो । म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु”, उहाँले भन्नुभयो, “हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।” मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गर्नुभएको थियो ।

त्यसैगरी उहाँले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गर्नुभएको र गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गर्नुभएको हो । योसँगै उहाँले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाउनु भएको छ । सेभेन समिटको रूपमा रूसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेस गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उहाँले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गर्नु भएको थियो । यसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको बताइएको छ ।

कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराउनु भएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्वसामु प्रस्तुत गर्नुभएको छ । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उहाँले रासससँग भन्नुभयो, “आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।” आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस÷हेर्नुहोस् ।” उहाँले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उहाँले २४ घण्टानै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ लाग्नु भएको थियो । उहाँको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो । रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिनुभएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुबै खुट्टा गुमाउनु भएको थियो । १५ वर्षसम्म उहाँले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गर्नुभएको थियो । तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आउनु भएको छ । गतवर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गर्नु भएका उहाँ ‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अर्वाडका विजेता समेत हुनुहुन्छ । दुबै खुट्टा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयास सम्म गर्नुभएका उहाँले ती दिन स्मरण गर्दै आफूलाई स्काइ डाइभिङको मौकाले जीवनमा नयाँ परिर्वतन ल्याएको बताउनुभयो ।

उहाँले विश्वको सर्वोच्च शिखर सरगमाथाको देशका मानिस उच्च साहस र दृढ विश्वासी छन् भन्ने सन्देश दिन सफल भएको सुनाउनुभयो । उहाँले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको बताउनुभयो । आफ्नो सफलताको खुसी बाँड्न उहाँ माघ १ गते काठमाडौँ ओर्लँदै हुनुहुन्छ । त्यसपछि बेलायत फर्केर बेलायतका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।रासस

सोमबार, पुष २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.