काठमाडौँ । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन ।
यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताउनुभयो ।
उहाँले सुर्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चियापसलमा अहिले सेवनकर्ता बढिरहेको बताउनुभयो । उहाँले नियमन गरी कानुनी कारबाही गर्नका लागि आफूहरू लागिपरेको समेत बताउनुभयो ।रासस
