• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

  •  बुधबार, माघ १४, २०८२ मा प्रकाशित

सुदूरपश्चिम  । नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ। नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको कैलालीमा यो रोग पत्ता लाग्ने दर बढ्दै गएको बताउनुभयो। “समग्र देशको सन्दर्भमा कुष्ठ रोग निवारण भइसकेको छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा बिरामी आउँछन्, सोको करिब ६८ प्रतिशत कैलालीमा देखिएका छन्।”

रोगी पत्ता लाग्ने दर नघट्दा यसको निवारण चुनौतीपूर्ण बन्न थालेको उहाँको भनाइ छ। समग्र देशको तथ्याङ्क भने प्रतिदश हजार जनसङ्ख्यामा शून्य दशमलव आठदेखि शून्य दशमलव नौ जना रोगी फेला पर्ने गरेका क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगी फेला परेमा रोग निवारण भएको मानिने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ।

नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको देश घोषाणा गरिएको थियो। लगातार पाँच वर्षसम्म स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकामा रोग नदेखिएको हुनपर्ने निवारणको अर्को मापदण्ड पछिल्ला वर्षमा बनाइएको ओझाले बताउनुभयो। उहाँका अनुसार सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्य लिएको छ। यसका लागि कुष्ठ रोगीको सक्रिय खोज पड्ताल, जनचेतनामूलक कार्यक्रम, बहुऔषधिको व्यवस्थापनलगायत गतिविधि भइरहेका उहाँले जानकारी दिनुभयो।

“पत्ता लागेका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको छ। सुदूरपश्चिम प्रदेशको हकमा कैलाली, कञ्चनपुर र अछाम जिल्लालाई केन्द्रमा राखेर खोजपड्ताललगायत गतिविधि भइरहेका छन्”, उहाँले भन्नुभयो। स्वास्थ्यकर्मीका अनुसार रोगको उपचारभन्दा सामाजिक दृष्टिकोण परिवर्तन गर्न ठूलो चुनौती देखिएको छ।

कुष्ठरोग निवारणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भए पनि बजेट अभाव देखाउँदै धेरै स्थानीय तहले यो विषयलाई प्राथमिकतामा राख्ने गरेको पाइँदैन । कुष्ठ रोगप्रति नकारात्मक सामाजिक दृष्टिकोण भएकाले कतिपय प्रभावित व्यक्ति रोग लुकाएर बस्ने गरेका स्वास्थ्यकर्मी बताउँछन् । यसले रोग पहिचानमा समस्या सिर्जना गर्नुका साथै रोग फैलिन सक्ने जोखिम बढाउने क्षयकुष्ठ अधिकृत ओझाले बताउनुभयो ।

यसले बिरामीको उपचारमा ढिलाइ भएर अपाङ्गता हुने र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताउनुभयो। “कुष्ठरोग सर्ने रोग भए पनि नियमित औषधि सेवन गरेपछि पूर्ण रूपमा निको हुन्छ। रोगीले लक्षण अनुसार बढीमा दुई वर्षसम्म नियमित औषधि खाएमा रोग निको हुन्छ”, उहाँले भन्नुभयो। प्रदेशका कैलाली र कञ्चनपुरमा नयाँ बिरामी पत्ता लाग्ने दर बढी छ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका केही जिल्लामा रोग पत्ता लाग्ने क्रम घट्दो रूपमा देखिए पनि तराईका मुख्य सहरी तथा अर्धसहरी क्षेत्र अझै जोखिममा छन्। प्रतिदश हजार जनसङ्ख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको दर (प्रिभेलेन्स) सबैभन्दा बढी कैलाली जिल्लामा एक दशमलव ५७ छ। कञ्चनपुरमा यो दर शून्य दशमलव ७५ छ भने अछाममा शून्य दशमलव ६९ रहेको छ।

डोटीमा शून्य दशलव ३०, डडेलधुरामा शून्य दशमलव २९, दार्चुलामा शून्य दशमलव २३, बैतडीमा शून्य दशमलव ०८ र बझाङमा शून्य दशमलव ०४ देखिएको छ । बाजुरामा हाल उपचारमा रहेका कुष्ठरोगी शून्य देखाएका छन्। स्वास्थ्यकर्मीका अनुसार तराईका जिल्लामा कुष्ठरोग बढी देखिनुका कारण बहुआयामिक छन्।

जनघनत्व बढी हुनु, आन्तरिक तथा सीमापार आवतजावत, गरिबी, सरसफाइको कमी र जनचेतनाको अभाव प्रमुख कारणका रूपमा लिइन्छ। खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रसँग निरन्तर सम्पर्क हुँदा सङ्क्रमण फैलिने जोखिम बढेको बताइन्छ।रासस

बुधबार, माघ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.