• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो

  •  बिहिबार, माघ १५, २०८२ मा प्रकाशित

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो।

“बृहत् स्वास्थ्य शिविरका लागि आवश्यक तयारी सुरु गरेका थियौँ, निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ, निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शिविर चैत पहिलो हप्ता गर्ने सहमति भएको छ।”

नगरपालिकाले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकताामा राख्दै ओम अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरेको थियो । शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नीसम्बन्धी सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधिसमेत वितरण गर्ने तयारी गरिएको थियो।

दिक्तेल बजारस्थित जिल्ला आयुर्वेद अस्पतालमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरसम्बन्धी सहमतिपत्रमा नगर प्रमुख भट्टराई, ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टङ्क श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। दुईदिने स्वास्थ्य शिविरमा अस्पतालबाट वरिष्ठ विशेषज्ञ डा आनन्दप्रसाद श्रेष्ठसहितका स्वास्थ्यकर्मी आउने सहमति भएको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । राजनीतिक दल तथा उम्मेदवार आफ्नो पक्षमा जित सुनिश्चित गर्नका लागि मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन्।

निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई स्वतन्त्रसहित १५ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्नै एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन्।

आगामी निर्वाचनका १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आउँदो निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन्।रासस

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.