• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

  •  शनिबार, माघ २४, २०८२ मा प्रकाशित

पाँचथर । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ । फिदिम नगरपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने सबै प्रकारका खोप लगाइएको निश्चित गरी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएको हो ।

फिदिम नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिनासम्मका २७३ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको तथा १५ महिनाभन्दा कम उमेरका ५६२ जना बालबालिकाले निर्धारित खोप नियमित रूपमा लगाइरहेको यकिन गरी पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । फिदिम नगरपालिकामा खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य भएका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । फिदिम नगरपालिकाको कार्यालयमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले नगर प्रमुख काफ्लेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभयो ।

नगर प्रमुख काफ्लेका अनुसार यस वर्ष फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको छ । तर गाउँपालिकाले भने यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेका छन् । पाँचथरकै हिलिहाङ र याङवरक गाउँपालिकाले यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सुनारले जानकारी दिनुभयो । सठचालिस हजार ८१० जनसङ्ख्या रहेको फिदिम नगरपालिकामा १५ महिनाभन्दा कम उमेरका ५६२ जना, १५ महिनादेखि २३ महिनासम्मका २७३ जना र २४ महिनादेखि ५९ महिनासम्मका एक हजार ६१७ जना बालबालिका रहेका छन् ।

यस क्रममा फिदिम नगरपालिकाले सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चित घोषणा गर्ने वडा नं ९ लुम्फाबुङ, उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य चौकी लालीखर्ककी स्वास्थ्यकर्मी मञ्जु सेलिङ, अगुवा स्वास्थ्यकर्मी रमादेवी न्यौपाने, उत्कृष्ट कार्यसम्पादन गर्ने रानीटार स्वास्थ्य चौकी र उत्कृष्ट भूमिका निर्वाह गर्ने अगुवा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका नरमाया रिमाललाई प्रसंशा पत्र प्रदान गरेको छ।रासस

शनिबार, माघ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.