• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

  •  आइतबार, माघ २५, २०८२ मा प्रकाशित

दमौली (तनहुँ) । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा प्राप्ति गरेको छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निावरण मन्त्रालयको गत कात्तिक २६ मा भएको निर्णयअनुसार जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको सात रोपनी जग्गा अस्पताललाई उपयोग गर्न दिइएको हो।

मालपोत कार्यालयले माघ १९ गते प्रदेश अस्पताल दमौलीलाई जग्गा उपयोगको प्रमाणपत्र उपलब्ध गराएको मालपोत प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला समन्वय समितिको नाममा रहेको पाँच रोपनी, कृषि विकास कार्यालयको नाममा रहेको दुई रोपनी र भेटेरीनरी अस्पतालको नाममा रहेको एक रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइएको हो।

जग्गा उपयोग गर्न दिइएपछि केही शर्तहरु राखिएको छ। पौडेलका अनुसार उपयोग गर्न दिइएको जग्गा अतिक्रमण हुन नपाउनेगरी उचित संरक्षण र संवर्द्धन गर्नुपर्ने छ। त्यस्तै उपयोग गर्न दिइएको जग्गा नाफामूलक तथा व्यापारिक कार्यमा प्रयोग गर्न वा कुनै व्यक्ति वा निकायलाई प्रयोग गर्न दिन वा भाडामा दिन नपाइने पौडेलले बताउनुभयो। जुन प्रयोजनका लागि माग गरिएको हो सोही प्रयोजनमा मात्र उपयोग गर्नुपर्ने, उद्देश्यअनुरुपको कार्यमा प्रयोग नगरेमा पूर्वाधारसहितका जग्गा नेपाल सरकारले लिनसक्ने उहाँले बताउनुभयो।

जग्गा प्राप्ति नहुँदा स्तरोन्नति रोकिएको अस्पतालको अब स्तरोन्नति हुने निश्चित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले बताउनुभयो। गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ। उक्त निर्णयसँगै अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भएको छ।

विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो। अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार भइसकेको छ। साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ।

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवासमेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ। अस्पतालले आर्थिक वर्ष २०८१÷८२ मा एक लाख सात हजार ९८३ जना, आव २०८०÷८१ मा ९८ हजार ३५६ सेवा लिएका थिए। यस्तै आव २०७९÷८० मा ७३ हजार २५३ र आव २०७८÷७९ मा ६४ हजार ५९४ जनालाई सेवा दिएको थियो।

जिपी अस्पतालमा विशेषज्ञ चिकित्सक थप शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा प्रवाहमा सहजता छ। अरु आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीहरू थप गरी केन्द्रबाट प्रदान हुने सेवा विस्तार गरिनेछ। अस्पतालमा मिर्गौला बिरामीका लागि दुई सिफ्टमा डायलाइसिस विस्तार गरिएको छ।

आकस्मिक, शल्यक्रिया, स्त्रीरोग, नाक, कान, घाँटीसम्बन्धी शल्यक्रिया सुरु गर्ने लक्ष्य लिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “इन्कोस्कोपी सेवा सुरु भइसकेको छ भने ब्रोन्कोस्पोपी सेवा सञ्चालन गर्न लागेका छौँ। केन्द्रको मुख्य भवनमा लिफ्ट जडानका लागि बजेट प्राप्त भएको छ। लिफ्ट जडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ।”

अस्पताललाई ३०० शय्यामा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले २०६७ सालमा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो। हाल उपचार केन्द्रका नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ। अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन्।

उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ। जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको डा श्रेष्ठले बताउनुभयो। अस्पतालमा तनहँुको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन्।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा, ओपिडी सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्सरे सेवा, समान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेको छ।रासस

आइतबार, माघ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.