• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

क्यान्सर जोखिम घटाउन पौवादुङमामा किशोरी लक्षित एचपिभी खोप अभियान

  •  बिहिबार, माघ २९, २०८२ मा प्रकाशित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ।

किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्र रहेका आठ वटा माध्यमिक तथा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ९० जना किशोरीलाई खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार माघ २८, २९ र फागुन १ गतेसम्म तीन दिनसम्म खोप अभियान सञ्चालन हुनेछ। उहाँले विद्यालयमै पुगेर खोप प्रदान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।

“गाउँपालिकाका सबै तोकिएका विद्यालयमा पुगेर एचपिभी खोप लगाइनेछ,”उहाँले भन्नुभयो, “विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीलाई पनि अभियानमा समेटिनेछ।”विद्यालय बाहिर रहेका किशोरी छुट्न नदिन गाउँपालिकाले घरधुरी सर्वेक्षण सुरु गरेको छ। महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत किशोरीको तथ्याङ्क सङ्कलन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ। यसले खोप पहुँच नपुग्ने जोखिम न्यूनीकरण हुने विश्वास गरिएको छ।

स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक हो। समयमै खोप नलगाइएमा सङ्क्रमणको जोखिम बढ्ने भएकाले किशोरी अवस्थामै एचपिभी खोप अत्यन्त प्रभावकारी हुने जनाइएको छ। खोपले भविष्यमा हुने क्यान्सरको जोखिम घटाउने चिकित्सकको भनाइ छ।

नेपाल सरकारले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्ने लक्ष्य लिएको छ। सो लक्ष्यअनुसार देशभर एचपिभी खोप अभियान, भिआइए परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रम सञ्चालन हुँदै आएका छन्। स्थानीय तहको सक्रियताले यी कार्यक्रम प्रभावकारी बन्दै गएका छन्।

पौवादुङमा गाउँपालिकाले यस अभियानलाई प्राथमिकतामा राख्दै सबै किशोरीलाई खोपको पहुँचमा पु¥याउने लक्ष्य लिएको जनाएको छ। स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन र अभिभावकको सहकार्यमा अभियान सफल बनाउने तयारी गरिएको गाउँपालिकाले जानकारी दिएको छ। स्वास्थ्य शाखाका अनुसार खोप अभियानसँगै पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

किशोरी, अभिभावक र शिक्षकलाई लक्षित गरी क्यान्सरको जोखिम, रोकथाम र उपचार विधिबारे जानकारी दिइने योजना छ। गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा किशोरीको स्वास्थ्य सुरक्षा मजबुत बनाउने र दीर्घकालमा महिलामा देखिने क्यान्सरको जोखिम घटाउने विश्वास लिइएको छ।रासस

बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.