चितवन । किड्स वर्ल्ड मन्टेश्वरी, भरतपुरमा शुक्रबार आयोजित आँखा परीक्षण शिविरमा ८८ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ । किड्स वर्ल्ड मन्टेश्वरी र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।
शिविरमा भरतपुर आँखा अस्पतालका स्वास्थ्यकर्मी सुस्मिना महर्जन, लक्ष्मी निरौला र विजया शाहले विद्यार्थीहरूको आँखा परीक्षण गरेका थिए । शिविरमा अभिभावक र शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।
किड्स वर्ल्ड मन्टेश्वरीकी प्रिन्सिपल सावित्री सुवेदी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्टेश्वरीकी प्रबन्ध निर्देशक निरु खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्टेश्वरीकी प्राचार्य सावित्री सुवेदी खनालले आँखा परीक्षण शिविरबारे जानकारी गराउनु भएको थियो ।
शिक्षिका बागमती श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी सुस्मिना महर्जनले बालबालिकाहरूलाई मोबाइल, टेलिभिजन, कम्प्युटरको स्क्रिनबाट टाढा राख्नु पर्ने बताउनु भएको थियो ।
