• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

निपाह भाइरसबारे जान्ने पर्ने केही तथ्यहरू

  •  सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

चितवन । निपाह भाइरस फ्रुट व्याट नामक चमेरोमा हुने भाइरस हो । यो भाइरस गाइँभैसी, सुँगुर हुँदै मानिसमा सर्छ । जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने प्रक्रिया हुन्छ । चमेरोले संक्रमण गरेको फलफूल खाएमा, चमेरो सुंगुर तथा गाईको सम्पर्कमा पुगेमा पनि यो भाइरसको संक्रमण जनावरदेखि जनावरमा हुन्छ । संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।

हेन्ड्रा भाइरसजस्तै निपाह पनि हेनिपाभाइरस भनिने भाइरसको श्रेणीमा पर्छ । यो जुनोटिक हो, जसको अर्थ यो जनावरबाट मानिसमा फैलिन सक्छ । एसियामा समय–समयमा यस्ता प्रकोप फैलँदै आएका छन् । पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा रिपोर्ट गरिएको थियो । यो भाइरस सर्ने तीन प्रमुख तरिका छन् । पहिलो– चमेरोको सम्पर्कबाट हो । विशेषगरी, संक्रमित चमेरोको र्‍याल, पिसाब वा दिसाको सम्पर्कबाट रोग सर्छ । सुँगुरजस्ता अन्य संक्रमित जनावरसँगको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ ।

यो सर्ने दोस्रो तरिका दूषित खाना, विशेषगरी खजुरका उत्पादनबाट हो । यसको अर्थ संक्रमित चमेरोको शरीरबाट उत्पन्न तरल पदार्थले दूषित खजुरको रस सेवन गर्दा जोखिम बढ्न सक्छ । तेस्रो भनेको मानिसबाट मानिसमा सर्ने हो । बिरामी व्यक्तिको हेरचाह गर्ने तथा नजिकको सम्पर्कमा रहने मानिसमा निपाह भाइरस सर्ने रिपोर्ट गरिएको छ । घरपरिवार वा अस्पतालमा भाइरसबाट दूषित शारीरिक स्रावबाट अर्को स्वस्थ व्यक्ति संक्रमित हुन सक्ने सम्भावना बढी हुन्छ ।

लक्षण

निपाह भाइरसको संक्रमण चाँडै सर्छ । संक्रमणदेखि लक्षण देखिने समय सामान्यतया चार दिनदेखि तीन सातासम्म हुन्छ । यो एक भयानक रोग हो । गम्भीर निपाह भाइरस संक्रमण भएमा लगभग आधा मानिसको यसबाट मृत्यु हुन्छ । लक्षणहरू फरक–फरक हुन सक्छन् । सबैभन्दा डरलाग्दो समस्या त यसको अर्को साइड इफेक्ट पनि हुन सक्छ । यसले निमोनिया निम्त्याउन सक्छ, जसरी कोभिडले यस्तो समस्या निम्त्याउन सक्छ । तर, हामीले सबैभन्दा बढी चिन्ता गर्ने समस्या भनेको स्नायुसम्बन्धी लक्षण हुन् । निपाहले इन्सेफलाइटिसजस्तो घातक समस्या निम्त्याउन सक्छ, जुन मस्तिष्कको संक्रमण हो । मस्तिष्कमा यी प्रभावले गर्दा मृत्युदर निकै उच्च छ । सामान्यतया निपाह भाइरस देखिँदा निम्नबमोजिमका लक्षण देखिन्छन् ।

ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, बारम्बार बेहोस हुनु, गम्भीर टाउको दुख्नु, हातखुट्टा चलाउन नसक्नु, झट्का लागेकोजस्तो महसुस हुनु, व्यक्तित्वमा परिवर्तन हुनुजस्तै अचानक अनौठो व्यवहार गर्नु वा मनोविकृति देखिनु आदि । असामान्य घटनाका रूपमा निपाह संक्रमणपछि स्वास्थ्यलाभ गरेका केही बिरामीलाई धेरै वर्षपछि (एक दशकभन्दा बढी समयपछि) पनि पुन: इन्सेफलाइटिस हुन सक्छ ।

उपचार वा खोप

अहिलेसम्म यसको खोप छैन, तर अस्ट्रेलियामा एम १०२.४ (निपाहलाई निष्क्रिय पार्ने एन्टीबडी) नामक उपचारको विकास भइरहेको छ । सन् २०२० मा यस उपचारको पहिलो चरणको परीक्षण भएको थियो, जसले अनुसन्धानकर्ताले यसलाई स्वस्थ मानिसमा यो कसरी पुग्छ र कुनै साइड इफेक्ट छन् कि छैनन् भनेर हेर्न सहयोग गरेको थियो । परीक्षणले पत्ता लगायो कि उपचारको एक डोजलाई बिरामीले राम्रोसँग सहन सकेका थिए । त्यसैले निपाह भाइरसबाट संक्रमित मानिसलाई सहयोग गर्न वास्तवमा उपचारको उपलब्धता हुन अझै बाँकी छ, तर आशा जीवितै छ । निपाह भाइरसका लागि हाल कुनै खोप छैन ।

कसरी बच्ने ?

– फलफूल राम्रोसंग पखालेर खाने ।

– तरकारी सकेसम्म पकाएर खाने ।

– गाइवस्तुको गोठ र फार्म सफा राख्ने ।

– मासु काट्दा या पकाउँदा मास्कको प्रयोग गर्ने ।

– सकेसम्म पानी उमालेर पिउने ।

– बेलाबेलामा सावुनपानीले हात धुने ।

– भीडभाडमा जाँदा मास्क लगाउने ।

सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.